घरपरिवार, गाउँ र देशको माया भएका अर्को देशमा सुन, हिरा, मोती पाए पनि जान चाहदैनन्, आफ्नो घर गाउँ आफ्नो जीवनको आधार आफ्नो देश आफ्नो संसार ठानेर आफ्नै माटोमा हिरामोती बनाउन चाहन्छ नेपाल–भारतबीचको खुल्ला सिमानाका कारण नेपालीहरु युगौं युग देखि रोजगारीका लागि भारत जान्थे । ब्रिटिस–इन्डियाले गोर्खा रेजिमेन्ट स्थापना गरेपछि नेपालीहरु, बिदेशी सेनामा भर्ना भइ अरुका शत्रुका लागि आफू बलिदान हुन तयार भए । संयुक्त राष्ट्रसंघले शान्ति सेनामा नेपाली सेना र प्रहरीलाई बिदेशमा लैजान थाल्यो । बैदेशिक रोजगारको अवसर पाएकाले नेपालीहरु विश्वभर पुगेका छन्, विश्वका देशमै रमाएका छन् । लाहुर जाने संस्कृति नेपालको पुरानो संस्कृति हो । हिजो आज नेपालका छोरा छोरी नै लाहुर जाने क्रम चलेको छ । यतिखेर झण्डै ३३ लाख नेपाली वैदेशिक रोजगारमा गएका छन । गाउँघर नै खाली भएका छन । सुन फल्ने नेपाली माटो बाँझो छ । नेपालीहरु बिदेशमा विस्थापित हुने, भारतीयहरु नेपालमा काम गर्दै स्थापित हुने अवस्था छ । बदलिंदो विश्वमा जहाँ अवसर पायो त्यहाँ मानिस पुग्ने भएका छन् । पैसा कमाउन बिदेशमा जानै पर्दछ भन्ने मानसिकता बनेको छ । छोरा छोरी बैदेशिक रोजगारमा जाँदा घर परिवार रमाउन थालेका छन् । भर्खरै बिवाह गरेकी पत्निलाई छाडेर दुई चार बर्षका लागि पैसा कमाउन बिदेश गएर फर्कदा यौन सन्तुष्टिका लागि घर छाडेर पत्नि अन्यत्र पोइल जाने सिलसिला बढेको छ । मानव जीवनमा अनिवार्य आवश्यकता यौन क्रिडा, गर्दा बिदेशमा एड्स रोगले ग्रसित भएर घर फर्किएका कामदार धेरै छन् । बिदेशमा गएका नेपालीले घर परिवार, गाउँ र देशलाई संझना मात्र गर्छन्, मायाँ गर्न सक्दैनन् । माँया गर्नेले साथ छाडेर बिदेश जाँदैन । जीवनको धेरै समय बिदेशमा बिताउने छ भनेर हाँस्ने, नाँच्ने शासक प्रशासकलाई धिक्कार छ । आज आफ्नै देशमा रोजगारीको अवसर प्रदान गरेको भए यस्तो बिकराल समस्या आउदैन थियो । नेपालीहरु नेपालमै बसेर सुखी, समृद्ध बन्न सक्दछन, हामी नेपालीले स्वदेशमा नै उत्पादन गरेर राष्ट्रलाई उन्नतिको शिखरमा पुर्याउने चिन्तन गर्नु पर्दछ । भोक भोकै मर्नु परे पनि आफ्नै गाउँ गाउँमा मर्न जति भन्ने अठोट लिनु पर्दछ । एकातिर घर परिवार, एकातिर गाउँ, एकातिर देश भएर सुख शान्ति पाइदैन । नेपालमा गरिबी, पछौटेपन र अशिक्षा केही छैन गरे नेपालमा सवैथोक छ । अर्काको देशमा आफूले मात्र सुख पाइ मर्नु भन्दा आफ्नै देशमा सबैका बीचमा रहेर दुखै पाएर मर्नु पनि जाति हुन्छ । मर्नेले समाजको माया पाउछ । आफ्नो गाउँमा मर्दा सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार हुन्छ । देशभक्तिमा शक्ति हुन्छ । जति पसिना पनि आफ्नै माटोमा उब्जाउला भन्ने भावना प्रत्येक नेपालीमा भए नेपालले पनि चीन र भारतको भन्दा राम्रो विकास गर्न सक्दछ । नेपालीहरु नेपालमै बसेर नेपालको विकासमा नजुट्ने हो भने बिकास हुँदैन । वैदेशिक रोजगारीको अवसर स्थायी होइन । स्वरोजगार राष्ट्रको बिकासको बलियो आधार हो ।