कृषक–मिल व्यवस्थापनबीचको वार्ता अनिश्चित


क्राइमचेक प्रतिनिधि/
बारा/जिल्लाको मनहर्वामा रहेको रिलायन्स सुगर मिल्स व्यवस्थापनले कृषकहरुको उखु लिन नसक्ने अडान राखे पछि बारामा आज भएको वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रशुराम अर्यालयको रोहबरमा चिनिमिलका प्रतिनिधि र कृषकका प्रतिनिधि विच भएको बार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखे पछि बार्ता विना निष्कर्ष टुंगिएको जनाइएको छ ।
चिनी मिल परिसरमा अहिले पनि झण्डै ५ सय टेलर उखु रहेको र बारिमा समेत त्यत्तिकै मात्रामा उखु रहेको भन्दै मिलले जसरी पनि उखु लिनु पर्ने कृषकले राखेको माग मिल व्यवस्थापनले अस्वि
कार गरे पछि वार्ता निष्र्कमा पुग्न नसकेको किसान हकहित संघर्ष समितिका केन्द्रिय अध्यक्ष रसुल मियाँ अन्सारीले जानकारी दिनुभयो ।
वार्तामा रिलायन्स चिनी कारखानाका महाप्रबन्धक शिवनाथ शर्मा र कारखाना प्रबन्धक राजेश पाण्डे, किसान हकहित संघर्ष समितिका केन्द्रिय अध्यक्ष अन्सारी, असर्फी साह लगायतको सहभागिता रहेको थियो ।
व्यवस्थापनले कृषकहरुको उखु नलिने भन्दै गत २३ गते देखि मिल बन्द गरेको थियो ।
प्रकाशित मिति:२०७१ असार २६ गते

SHARE THIS

Author:

Facebook Comment