बीरगंज २६ जेठ ।
पर्सा जिल्लालाई सन २०१७ सम्म खुल्ला दिशा मुक्त बनाउने लक्ष्य अनुरुप वीरगन्जको विभिन्न समुदायहरुमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणाका लागि चर्पी निर्माण कार्य सम्पन्न भएको छ ।
एसियाली विकास बैक तथा वीरगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा संचालित मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजना अन्तरगत वीरगन्जका विपन्न तथा दलित समुदायलाई लक्षित गर्दै शौचालय निर्माण गरेर नगरक्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान संचालन गरिएको हो । अभियान अन्तरगत वीरगन्ज १४ श्रीपुर विद्यापति टोल, भन्सार नजिकैको नदी टोल लगायतका विभिन्न १० स्थानमा बसोवास गर्ने दलित समुदायलाई लक्षित गर्दै १०३ घर धुरीमा शौचालय निर्माण कार्य सम्पन्न भएको मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाका प्रमुख शैलेन्द्र श्रेष्ठले बताउनु भयो । एसियाली विकास बैक र उपमहानगरपालिकाको ३३ लाख ९९ हजार रुपैयाको लागतमा चर्पी निर्माण गरिएको श्रेष्ठले बताउनु भयो । श्रीपुर विद्यापति टोल सुधार समितिका अध्यक्ष कुमारी देवी मेस्तरले चर्पी निर्माणले गर्दा आफनो दलित बसोवास गरेको बस्ती समेत खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने बताउनु भयो । यसैविच वीरगंज उपमहानगरपालिकाले अझै शौचालय नपुगेका दलित वस्तीमा सामुदायिक विकास कार्यक्रम अन्तरगत शौचालय निर्माण कार्यलाई निरन्तर्ता दिने कार्यकारी प्रमुख तारा बहादुर कार्कीले बताउनु भयो ।

Nepalese Rupee Exchange Rate