पारिवारीक खेतीबर्षका अबसरमा बीरगंजमा प्रभातफेरी

बीरगंज २६ जेठ ।
पर्सा जिल्लाका कृषकहरुलाई उन्नत प्रविधिबाट कृषि पेशामा आकर्षित गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय पारिवारिक खेती बर्ष २०१४ को अवसरमा सोमबार वीरगंजमा प्रभात फेरि कार्यक्रमको आयोजना गरिएको छ । गरिवी संग लड्नका लागि खाद्य सुरक्षा र सम्प्रभुताको खोज भन्ने नाराका साथ वीरगंजको घण्टाघरवाट निस्किएको र्‍यालीले नगरपरिक्रमा गरेको थियो ।
र्‍याली पछि आयोजित कोण सभालाई सम्बोधन
गर्दै वक्ताहरुले घरको छत, गमला, करेसा बारीमा आर्गेनिक तरिकाले तरकारी खेती गरी आफ्नो परिवारको स्वास्थ्यमा समेत  राम्रो हुने हुंदा यसतर्फ सर्वसाधारणलाई आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कुारमा जोड दिएका थिए । जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष नरेश जैसवालको अध्यक्षतामा  सम्पन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, पशु कार्यालय, कृषि सामग्री संस्थान, डिभिजन सहकारी कार्यालय, मातपोत कार्यालय, लगायतका कार्यालयलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment