पर्सामा लघुउद्यम बिकास कार्यक्रम प्रभावहिन,११ करोड बजेट फिर्ता

बीरगंज २६ जेठ ।
लगानी सानो र नाफा कम हुन भएपछि तालिम लिएका जनशक्तिले कुनै चासो नदेखाउदा पर्सामा लघु उद्यम विकास कार्यक्रम प्रभावविहिन भएको छ । कमजोर आयस्तर भएका व्यक्तिहरुको जीवनस्तर माथि उकास्ने उद्देश्यका साथ उद्योग मन्त्रालयद्वारा लघु उद्यम विकासका लागि आएको रकम खर्च हुन नसकेर फिर्ता गएको छ । लघु उद्यम तालिम लिएका जनशक्तिहरुले उद्यममा चासो नलिएपछि ११ करोड रुपैयाा भन्दा बढीको रकम लगानी हुन नसकि  फिर्ता गएको घरेलु तथा साना उद्योग कार्यालय पर्सा प्रमुख विमलप्रसाद बरालले बताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालयले पर्सामा प्रतिव्यक्ति १९ हजार २ सय ६१ रुपैयााभन्दा कम आम्दानी भएका परिवारको पहिचान गरी ५ देखि १५ जनाको समूह बनाई लघु उद्यमको तालिम दिइएको थियो । जिल्लाको ८२ गाविस मध्ये २२ गाविसमा विगत तिन आर्थीक वर्षमा ४ सय २० जनालाई विभिन्न सिपमूलक तालिम दिएतापनि लघु उद्यम विकास कार्यक्रम तर्फ तालिम प्राप्त व्यक्तिहरु आकर्षित नभएपछि सो कार्यक्रम  प्रभावविहिन भएको बरालले बताउनु भयो । लघु उद्यमका लागि तालिम प्राप्त व्यक्तिलाई १५ हजारको दरले लगानी गर्नकालागि पर्सामा उद्यम विकास कोषले ११ करोड रुपैयाा पठाएकोमा सानो लगानीबाट ठूलो आम्दानी हुन नसक्ने देखेपछि तालिम प्राप्त जनशक्तिले वास्ता नगरेकोले ११ करोड रकम फिर्ता भएको घरुलु तथा साना उधोग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत विमलप्रसाद बरालले बताउनु भयो । 

SHARE THIS

Author:

Facebook Comment