बीरगंज २६ जेठ ।
पर्सा जिल्लामा बसोवास गर्ने ज्येष्ठ नागरिकहरुको संरक्षण र स्वास्थ्यमा विशेष योगदान पुर्याउने उद्देश्यका साथ ज्येष्ठ नागरिक कोषको स्थापना गर्नु पर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला जन स्वास्थ्य कार्यालयपर्साद्वारा सोमबार वीरगंजमा आयोजित ज्येष्ठ नागरिक सम्बन्धी सचेतना कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले वृद्धवृद्धाको संरक्षण र स्वास्थ्यका लागि कोषको स्थापना गरेर त्यसलाई व्यवस्थित रुपमा संचालन गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
उहांले वृद्धवृद्धाको स्वास्थ्य उपचारका लागि गाउं गाउंमा घुम्ती स्वास्थ्य शिविर, कपडा वितरण लगायतका कार्यक्रमहरु समेत संचालन गर्नु पर्ने बताउनु भयो । ज्येष्ठ नागरिक पशुपति विक्रम शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला विकास समिति पर्साका स्थानिय विकास अधिकारी दिलिप चापागाई, नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामाशंकर ठाकुर, जनस्वास्थ्य कार्यालयका प्रमुख अरुण कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

Nepalese Rupee Exchange Rate