बारामा सर्पदंशको बिगबिगी एकैरातमा ५ जनालाई डस्यो

बीरगंज २६ जेठ ।
प्रचण्ड गर्मी सागै बारामा सर्पदंशको विगबिगी बढेको छ ।  पछिल्लो पटक बाराको सदरमुकाम कलैयामा एकै रातमा ५ जनालाई सर्पले टोकेको छ । सर्पले टोकेका सबैको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको अहेव जगमोहन चौधरीले जानकारी दिनुभयो । कलैया नगरपालिका वडा नम्बर ६  मोतिवागका सुनिल सुनुवारकी ६ वर्षीया छोरी अन्जनी सुनुवार, कलैया ननगरपालिका ८ का शिव सहनीकी ८ वर्षीया छोरी रिमा सहनी, बन्जरीया गाविस ९ चुरायी टोलका ५४ वर्षीय जाहिर मिया मन्सुर, र विशमपुर्वा ७ का ४५ वर्षीय धर्मजित पासवानलाई सर्पले टोकेको छ । प्राय सबैलाई राति ८ बजेदेखि १० बजेको समयमा शौच गर्न गएका बेला सर्पले टोकेको हुन सक्ने समेत अहेव चौधरीले बताउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment