रौतहट २६ जेठ ।
रौतहटको गरुडामा रहेको श्रीरामसुगर मिल्सले यसबर्ष २७ लाख २८ हजार एकसय ५५ क्वीन्टल उखु क्रसिङ्ग गरि २ लाख ३० हजार क्वीन्टल चिनी उत्पादन गरेको छ ।
कारखानाले यसबर्ष झण्डै १ अर्ब ३८ करोड मुल्य बराबरको चिनी उत्पादन गरेको कारखानाले जनाएको छ । विगत १० बर्ष यता यसबर्ष सवैभन्दा बढी उखुक्रसिङ्ग भएको चिनीमिलका उखु महाशाखा प्रमुख सियाराम साहले बताउनु भयो ।
क्रसिङ्ग गरिएको उखु मध्ये रौतहटका कृषकले उत्पादन गरेको २४ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ्ग भएको र अन्य उखु वारा, सर्लाहीबाट ल्याईएको मिलले जनाएको छ । विशेष गरी रौतहट जिल्लाका किशानहरु द्धारा उत्पादित सबैउखु क्रसिङ्ग गरि सकेर यस सिजनका लागि मिल बन्द भएको छ । गतपुस १६ गते देखि उखु क्रसिङ्ग शुरु गरेको श्रीराम सुगर मिल्स जेठ २४ गतेसम्म सम्पूर्ण उखु क्रसिङ्ग सिध्याएर बन्द भएको महाप्रबन्धक दिवाकर गोल्छाले बताउनु भयो ।

Nepalese Rupee Exchange Rate