संबिधान बनाउन नसक्ने नेताहरुलाइ पठाउने नै कासीबास हो !




(मा.विजय कुमार गच्छेदार)

-जनक मान डङ्गोल, janakdangol@gmail.com
..
हाम्रो देस नेपालका कुनै कुनै नागरिकहरु जीवन देखि बैराग्य उत्पन्न भए पश्चात शान्तिको खोजिको लागि कोहि कासी, कोहि मथुरा हरिद्वार जाने गर्छन भने नजिकको चितवन देवघाट देखि पशुपति क्षेत्रमा गएर बस्नेको पनि कुनै कमि छैन !
पुर्व नेपाली कांग्रेस तथा हाल मदेसबादी दल लोकतान्त्रिक फोरमका अध्यक्ष तथा माननीय सभासद विजय कुमार गच्छेदारले हिजोको संबिधान सभाकोको बैठकमा ‘अब पनि संबिधान बनाउन नसक्ने हो भने त्यस्ता नेताहरुलाइ बनारस पठाउन नै उत्तम हुन्छ’ भनेर मन्तब्य ब्यक्त गर्ना साथ सो को प्रत्युत्तरमा नेपाली कांग्रेस पार्टीका उप-सभापति तथा माननीय सभासद रामचन्द्र पौडेलले ‘तपाइँलाइ चैँ काहाँ पठाउनेनि’ भनेर माननीय गच्छेदारलाई उल्टो प्रश्न सोध्नु भएछ !
बिश्वको कुनै पनि देसमा साबिकको ब्यबस्था मन नपरे त्यो देसका जनताले गोप्य मतदान गरेर आफ्ना जनप्रतिनिधि चुन्छन र तिनै जनप्रतिनिधिले नयाँ संबिधान बनाउन बहस छलफल गरेर तोकिएको मितिमा संबिधान बनाउने चलन छ !
अन्य देस भन्दा हाम्रो देस नेपालमा चैँ यो बिषयमा ठ्याक्कै उल्टो छ ! संबिधान सभाको निर्वाचन गरेर चुनिएको जनप्रतिनिधिलाइ संसदको बैठक भन्दा बिदेस भ्रमण, गोष्ठी, सेमिनारमा भाग लिन जानु हतार हुन्छ ! ६०१ भनेर संख्या तोकिएको छ तर निर्वाचन भएको महिनौ महिना बित्दा पनि ६०१ को संख्या हाल सम्म पनि पुरा गर्न सकेका छैनन !
सभामुख भन्ने पद छ र त्यो पदमा बस्ने ब्यक्तिको काम भनेको आसन ग्रहण गरि दिने अनि ‘बिधालयमा निर्धो शिक्षकले उद्धण्ड शिष्यलाइ दिने आदेस जस्तै गरि ‘माननीय ज्यु… माननीय ज्यु आसन ग्रहण गर्नुस, शान्त हुनुस, हल्ला नगर्नुस’ भनेर ‘होहल्ला देखि ताल परेको खण्डमा पाखुरी सुर्किनेको जमातेलाइ सम्झाको जस्तो गरि दिने’ मात्र हो ! त्यो भन्दा अरु केहि गर्ने जमर्को न गर्न चाहन्छन न गर्न नै सक्छन तर अन्य देसका त्यहि पदका ब्यक्तिले आफ्नो पदीय शक्ति प्रयोग गरेर आफ्नो पदीय छाप छोडन सफल पनि हुन्छन !
नेपालको संबिधान सभा काँचको चलचित्र जस्तै गरि भाग १ बाट भाग २ मा सुरु भाको छ तर अन्त्य हुने कुनै लक्षणनै छैन ! संबिधान सभा भनेको संबिधान बनाउनको लागि आफ्नो तर्क पेस गर्ने हो र त्यहि तर्क लाई लिपिबद्ध गराउनु पनि हो तर हाम्रो देसमा त्यस्तो छैन ! जनताले चुनेर पठाएको जनप्रतिनिधिले स्वतन्त्रपुर्वक आफ्नो भनाइ राख्न सक्दैनन ! पार्टीको अरणखटनमा चल्नु पर्छ ! ह्विप जारि हुन्छ ! त्यो भनेको गाम्घरा साहुले आसामीलाइ ल्याप्चे लगाको जस्तरी पार्टीले भनेको जायज नाजायज सबै कुरामा आँखा चिम्लेर अन्ध समर्थन दिनु हो !
‘अति भए पछी खति हुन्छ’ राजनीतिको खेल लामो समय सम्म खेल्नलाइ जनताको मन जित्न सक्नु पर्छ ! यो पटक चुनाव जिती हालियो आर्को पटक देखा जायगा भन्ने त्यो जमाना अब रहेन किनभने नेपालको जनता दिन प्रतिदिन साक्षर हुँदै गई रहेका छन भने पन्चको पाला जस्तरी आँखा चिम्लेर हो भन्ने वाला छैनन ! यदि त्यसरी भनि दिएका भए लामो संघर्ष गरेर आएको माओबादी पार्टी १ बाट तिन मा पुग्दैन थिए भने मदेसबादी दलको मै हु भन्ने नेताहरुले चुनावमा नराम्रो पराजय भोग्दैन थिए ! यिनै कुराहरुलाइ बिचार गरेर नै हुनु पर्दछ आज आएर माननीय विजय कुमार गच्छेदारले अप्रिय सब्द प्रयोग गर्नु परेको होला !
हाम्रा माननीय सभासदहरु अझै पनि देस र आफ्ना मतदाताहरु प्रति एकरत्ति पनि उत्तरदायी छैनन ! संबिधान सभाको भवन प्राय खालि खालि देखिनु, भएका माननीयहरु पनि आफ्नो जिम्मेवारी बिर्सेर कुर्चिमा चिर निन्द्रामा लिन हुनु, मोबाइलमा व्यस्त रहनु आदि देखिन्छ ! यस्तो घटनाको तस्विर सहितको समाचार दिनहु पत्रिकाले प्रकासित गरेको हुन्छ तर पनि आफ्नो पदीय गरिमाको कुनै ख्याल गर्दैनन भने यस्तो पाराले संबिधान बन्छ ? जब आफ्नो पदीय दायित्वको नै कुनै ख्याल छैन भने जनताले आफ्नो अमुल्य मत दिएर जिताएर पठाएको यस्ता माननीय सभासदले नयाँ संबिधान तोकिएको मितिमा नै जारि गर्न लगाउलान भन्ने के आधार छ ?
त्यसैले माननीय विजय कुमार गच्छेदारले भन्नु भएको कुरामा यो पंक्तिकारले पनि पूर्ण समर्थन गर्दै अब पनि तोकिएको समयमा देसलाइ संबिधान प्रदान गर्दैनन भने जनताको करको पैसाले ६०१को फौज पाल्नुको कुनै औचित्य छैन र यी सबै ६०१ को फौजले आ-आफ्नो धार्मिक रित अनुसार जोगी, सन्यासी, लामा आदि बनेर राजनीतिबाट सन्यास लिंदा हुन्छ !
२०७१ जेष्ठ २६ गते सोमवार !

SHARE THIS

Author:

Facebook Comment