को बरदान हो । नेपालको सुन्दरता जल, स्थल, वायु, आकाश र प्रकाशमा सबैतिर खुल्दछ । देशको माया हुनेले जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गरेर आफ्नै थाँतथलोमा बस्दछ, बसाइसराइ हिंडदैन । सबै नेपालीले आ–आफ्नो थाँतथुलोमा विज्ञान र प्रविधि पुर्याउनु, सबै सुविधा पुर्याउनु नै बास्तविक विकास हो । विकट भन्दा विकट ठाउँमा मानिसहरुले बसोवास गरीरहेका छन्, एक दिन न एक दिन सुखको दिन आउला, सरकारको सबै रक्षाले विकास र सुखको अनुभूति गर्न पाइएला भनेर देशमै रम्नेहरु नै वास्तविक र सच्चा नेपाली ती नै हुन् । जसले माटोको माँयाले गर्दा, आफ्नो सुख सुविधाका लागि अवसरवादी, बसाइसराइवादी बनेर कहीं गएन । माटोको माँया गर्ने, आफू जन्मिएको माटोमा रमाउने मानिस जति सुखि कोही हुँदैन । उ भन्दा गौरवशाली कोही हुँदैन । बाँच्नका लागि सुखका लागि भनेर भहार्दै हिड्नेहरु भतुवा हुन, भरपनए न सकिने मानिस हुन् । नेपालीलाई नेपालको जति आवश्यकता छ, त्यो भन्द बढी नेपाललाई नेपालीको आवश्यकता छ । नेपाल एउटा प्राचीन देश हो । नेपाली संस्कृति र सभ्यता विश्वमा परिचित ।डा. तीर्थबहादुर श्रेष्ठको ‘जहाँबाट मान्छे पलायन हुन्छ, त्यहींबाट देश भत्कन थाल्छ । नेपालको सौन्दर्य र संभाव्यतालाई केलाउँदै तिनको उजगार गर्दै संभावनाका नयाँ क्षितिजहरु खोज्नु आजको चुनौती हो । प्रकृतिको बरदान र संस्कृतिको वैभवलाई परिचालन गरेर देश विकास गर्न चुक्यौं भने छिमेकीको समृद्धिमा हाम्रो नियति स्वत: अवनति तिर लाग्दछ ।’ भन्ने मलाई र यथार्थतालाई हामी सबैले मनमा राखेर अहिले नै भविष्यको सुनिश्चितताको लागि चिन्तित हुनु पर्दछ । रोजगारीका नाममा सुविधाका नाममा देश नै खाली गरेर पलायन हुनु सकारात्मक प्रवृत्ति होइन । हुनत लाहुरे संस्कृति नेपालको पुरानै संस्कृति हो । घर छोडेर भारतमा जागिर, कामका लागि जाने, सेनामा भर्ती हुने गरिन्थ्यो अहिले विश्वका ११३ राष्ट्रमा कामका लागि नेपालीहरु गएका छन् । कतिपय नेपाली नेपाल छाडेर बिदेश मैं बस्ने भएका छन । नेपालका रैथानेहरु बिदेशमा जाने भारतीय अप्रवासीले नेपाल भरिने अवस्था आएको छ । भारतीयकरणको खतरा बढेको छ । ‘तराई कति राम्रो, हरियो वन हुनाले, पहाड हेर झनै राम्रो गुराँस फल्नाले, हामी नेपाली अझनै राम्रो सागरमाथा शीरको टोपी भैदिनाले’ भन्ने गीतको तालमा बहुजाति, बहुभाषी, बहुधर्मी, बहुसंस्कृतिक विविधताको सम्पदाले सम्पन्न नेपालमा रहेका नेपालीलाई दूखि, दरिद्र बनाउने शासन व्यवस्था नै हो । नेपालका पार्टीका नेता, उच्च पदस्थ सरकारी कर्मचारी, सरकारमा रहेका शासकहरु सबै राष्ट्र निर्माण गर्ने इच्छा शक्ति नभएका तुच्छ स्वार्थ बोकेका भ्रष्ट र अवसरवादी मानसिकताका भएकाले सुन्दर देश कुरुप र विरुप छ । कुनै क्षेत्रमा व्यवस्थापन छैन । जलवायु परिवर्तनको चुनौती नेपालले पनि सामना गर्नु परेको छ । सत्ता परिवर्तन होइन, आमूल परिवर्तन बर्तमान आवश्यता हो ।
Nepalese Rupee Exchange Rate