मोदी जस्ता नेता युगमा मुस्किलले पाइन्छ –सन्तोषकुमार मिश्र

भारतको १६ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको ऐतिहासिक जित भएको छ । गुजरातका पूर्व मुख्यमन्त्री जो अति लोकप्रिय भएकै कारण यसपटक १५ औं प्रधानमन्त्री हुन पुगेको छ । चुनावका बेला भारतीय इतिहासमै सबैभन्दा बढी देशव्यापी चुनावी सभामा भाग लिएर भारतीय जनताको अत्याधिक मात्रामा मन जित्न सफल नरेन्द्र मोदी (नमो) भारतको आजसम्मको चुनावमा सर्वाधिक लोकप्रिय उम्मेदवार साबित भएका छन् । गुजरातको
बडोदरा र उत्तर प्रदेशको वाराणासीबाट चुनाव लडेका नरेन्द्रमोदीले चुनाव सभामा देशैभर ‘मलाई धेरै होइन, दश वर्षको समय दिनुस् म भारतको मुहार फेरी दिन्छु’ भन्ने बोलीबाट भाजपाको पक्षमा एक्कासी चुनावी लहर उर्लियो । पारिवारिक पार्टी भारतीय कांग्रेस र क्षेत्रियता, जातियता पार्टीबाट वाक्क भएका भारतीय जनताहरुले परिवर्तनको पक्षमा ऐतिहासिक निर्णय गरेर भाजपालाई जिताएका छन् । भारतीय राजनीतिमा उथलपुथल नै मच्चिएको छ ।
भारतमा स्वतन्त्रता आएपछि पहिलो पटक गैर कांग्रेसी दल भाजपा गठनबन्धनले मुलुक भरबाट ऐतिहासिक बहुयता पाएको छ । निर्वाचन परिणामले कांग्रेस पार्टीलाई मुख्य बिपक्षीको हैसियतबाट पनि तल झार्‍यो । पार्टी अध्यक्ष सोनिया गान्धीका लागि यो भन्दा दु:खद क्षण र सर्मनाक स्थिति के हुन सक्ला । नरेन्द्र मोदी प्रधानमन्त्री हुना साथ हिन्दुहरुका नया शक्ति आएको छ । नरेन्द्रमोदी हिन्दुवादी कट्टर नेता हुन, धार्मिक सहिष्णुता चाहन्छ, हिन्दु धर्मलाई खतरामा पुर्‍याउने क्रिश्चियनहरुको धर्म परिवर्तन अभियानलाई रोक्न चाहन्छन । भारत र अमेरिका बीचको सम्बन्धमा अब नयाँ खाले परिवर्तन देखिने छ । भारत र चीन बीचको सौहार्दपूर्ण सम्बन्धले दक्षिण एसियाको भाग्य र भविष्य सुनिश्चित गर्ने दिन र नयाँ कुटनीतिक आयाम थपिने छ । दुई शक्तिशाली राष्ट्र भारत र चीनको कुटनीतिक सम्बन्धलाई देश, काल परिस्थिति, विश्व शक्ति सन्तुलनको हिसाबले अगाडि बढाउने नेतृत्वदायी भूमिकाले दक्षिण एसियालाई नै सवल र सफल पार्ने छ । चुनावी सभामा बोलेको कुरा व्यवहारमा लागू गर्न र भारतको नेपाल लगायत छिमेकीहरुलाई हेर्ने गलत नीतिमा सकारात्मक सुधार ल्याउन गोजीमा हरबखत हनुमान चालिसा बोकेर हिंडने मोदीलाई सफलता मिलोस् । संकटमोचन भगवान हनुमानले उनको रक्षा गरुन् यही हाम्रो कामना छ । पशुपति नाथ र गौतम बुद्ध रहेको देश नेपाल भारतसँग नयाँ सम्बन्ध कायम गर्न खोज्दछ । सन् १९५० लगायत सम्पूर्ण असमान सन्धी खारेज गर्न र पंचशीलको सिद्धान्तका आधारमा नयाँ सन्धी गर्न चाहन्छ । हिन्दुका सम्पूर्ण देवी देवताले नेपालको आवश्यकता र नेपाली जनताको चाहनालाई मूर्त रुप दिने प्रेरणा दिउन । मोदीले नेपालीको गोदी भरी दिने होइन, नेपाल–भारत बीचको विगतको यथास्थितिको असमान सम्बन्ध खारेज हुनु नै नेपाल र नेपालीका लागि गौरवको विषय हो । यसले भारतलाई पनि निकै फाइदा पुग्न जानेछ । नयाँ सोच, विचार, चिन्तन बोकेर बडो उत्साहका साथ भारतको प्रधानमन्त्री बन्न पुग्नु भएका नरेन्द्र मोदीको कार्यकाल सफलताको बधाई । २१ औं शताब्दी का गेम चेन्जर, राजनीतिक सुपर म्यान मोदी एउटा असल र लोकप्रिय कुटनीतिज्ञ बनुन । मोदी, मोदीको सरकारको नारा सिंगो भारतमा समर्थक मतदाताहरुले गुन्जाएका थिए । मोदी सरकारले आमूल परिवर्तनको बाटोमा देशलाई लैजाने संकेत मिलेको छ । परिस्थिति अनुकुल छ । मोदीका इच्छा शक्ति छ, दैवी शक्ति छ यस्ता नेता युगमा मुस्किलले पाइन्छ । –प्रकाशित मितीः२०७१/२/१३

SHARE THIS

Author:

Facebook Comment