वीरगंज । तराइका अधिकांश जिल्लाहरुमा यतिखेर पानीको हाहाकार भएको छ । भूमिगत पानीको श्रोत ट्यूववेल र बोरिङबाट पानी झिकेर आपूर्ति हुँदै आएकोमा जलवायु परिवर्तनको चुनौतिका कारण पिउने पानी र सिचाइ पानीको हाहाकार भएको छ ।तराई जिल्लाहरुमा बर्षात नभएको धेरै भइसकेको छ । लामो खडेरी का कारण पानीको मुहान सुकेको मानिएको छ । प्रमुख कारण वन जंगलको सखाप नै हो भनिन्छ । तराइका सबै प्राकृतिक कुलो र पैनीमा पानी सुकेको छ । खोलाको पानी पनि नदीको पींध उठ्दै गएको कारण दबिएको छ । तराइका अधिकांश मानिसहरुले दैनिक आवश्यक पानी टयूववेलबाट नै परिपूर्ति गर्दै आएका छन् ।
एक्कासी भूमिगत पानीको श्रोत सुक्न गइ घरघरमा गाडिएको टयूववेलमा पानी नआए पछि मानिसहरु मात्र होइन गाइवस्तुहरुको समेत जीवन कष्टकर बनेको छ । खडेरी अझैं लम्बिने हो भने तराइका जनताहरु पिउने पानी नपाएर तडपिने छन् । ठूलो पानी को संकट पर्ने छ । तत्काल पानीको बैकल्पिक व्यवस्था गर्न सक्ने अवस्थामा सरकार छैन ।
सिंचाइ पानीका अभावमा खेतबारीमा लगाइएका तरकारी अन्नपात पनि सुक्दै भएको छ । बारा जिल्लाको जंगलसँग जोडिएको सिमरा र डुमरवाना गाविसका मानव बस्तीका लगभग सबै ट्ूववेल सुकेका छन् । आकाशबाट पानी नपरेको र भूमिगत पानीको श्रोत निकै तल पुगेबाट यस्तो अवस्था आएको स्थानीय जनताहरुको भनाइरहेको छ ।
Nepalese Rupee Exchange Rate