मानव बेचबिखन तथा ओसार पसार विरुद्ध सरकारले संचालन गरेको अभियान प्रभावकारी देखिएको म.बा. मन्त्रालयको दाबी


वीरगन्ज/मानव बेचविखन तथा ओसारपसार बिरुद्ध सरकारले संचालन गरेको अभियान प्रभावकारी देखिएको महिला तथा बालबालिका मंत्रालयले दावी गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध वीरगञ्जमा आयोजित अन्तरकृयामा त्यस्तो दावी गरिएको हो । मन्त्रालयको मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध शाखाकी उपसचिव सुनिता नेपालले जिल्ला स्थित महिला तथा बालबालिका कार्यालय मार्फत अभियान संचालन भैरहेको जानकारी दिनुभयो । हालसम्म नेपालमा १ हजार ४ सय ५३ जना बालबालिकाहरु हराएकोमा ६ सय ३० जना मात्रै पाइएको पनि बताउनुभयो । मंत्रालयका अर्का उपसचिव बाबुकाजी बानियाँले पर्सा जिल्ला सहित केही जिल्लालाई सरकारले उच्च प्राथमिकतामा राखी काम गर्दै आइरहेको बताउनुभयो ।
अन्र्तक्रियामा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले पर्साका नाका भएर  बेचबिखनका लागि चेलीको ओसारपसार भने कम भएको दावी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी बजिमयकै अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्यका प्रमुख अरुण कुमार महतो, महिला तथा बालबालिका कार्यालयकी प्रमुख उमा श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment