वीरगज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिणाममा लागु औषध सहित नियन्त्रणमा लिएको ना ४ ख ६०७४ नम्बरको सपना ट्राभल्सको बस र चालकलाई रकमी लेनदेनमा छाडेर निर्दोष खलासीलाई नियन्त्रणमा लिएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको अस्थायी प्रहरी पोष्ट बस पार्कका प्रहरी सहायक निरिक्षक मिन बहादुर खातीको नेतृत्वमा खटिएको टोलीले गतविहिवार राती ९ बजे वीरगंजबाट काठमाण्डौ जान लागेको रात्रीबसबाट ठूलो परिणाममा अवैध लागु औषध बरामद गरेको थियो ।
तर सो अवैध लागु औषध बसबाट नभई अन्यत्र स्थानबाट पक्राउ परेको झुठो विवरण तयार पारेर निर्दोष बसका खलासीलाई फसाउन खोजिएको छ । प्रहरीले भारतको रक्सौलबाट वीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा भन्दै अवैध लागु औषध सहित विरगंजको नया बस पार्कबाट लमजु· तारकाघाट गाविस ३ बस्ने २१ बर्षिय ताजमहम्मद मियालाई अवैध लागु औषध नर्फिन, फिनारगन र डाईजापाम इन्जेक्सन ३ सय पिस सहित पक्राउ गरिएको सूचना चारै तर्फ दियो तर वास्तविकता अर्कै भएको बुझिएपछि लागु औषधको कारोवारमा प्रहरीको अवैध सम्बन्ध रहेको खुलासा भएको छ ।
विगत एक महिना अगाडीको चांदी काण्ड पछि श्रृंखलाबद्ध रुपमा अपराधी घटनामा रकमी चलखेलमा मुछिएका पर्साका प्रहरी उपरीक्षकले यो काण्डमा समेत ठूलै रकमी चलखेल गरेको बुझिन आएको छ । प्रत्यक्षदर्शिको अनुसार पर्सा प्रहरीले रकमको ठुलै चलखेल गरेकै कारण लागु औषधमा प्रत्यक्ष रुपमा संलग्न रहेको ड्राइबरलाई रकमको लेनदेनमा छोडि बाटोमा घुमि रहेका निर्दोष सोही गाडीका खलासीलाई समाति मुद्दा चलाएको कारण ठुलै रकम चलखेल भएको एक विश्वसत सुत्रले बताएको छ । यस सम्बन्धमा माथिलो निकायले अनुसन्धान गरि दोषि लाई कारवाही गर्ने हो कि ? कि निर्दोष जेल पठाउने ? सर्वत्र यो विषय चर्चाको विषय बनेको छ ।

Nepalese Rupee Exchange Rate