वीरगंज ।
सवारी चालक अनुमति पत्र विगत पन्ध्र महिनादेखि देखि बन्द भएपछि सर्वसाधारण सेवाग्राहीहरु नराम्रो संग प्रभावित भएका छन् ।
यातायात व्यवस्था कार्यालय नारायणी वीरगंजले वितरण गर्दै आएको सवारी चालकहरुलाई अनुमति पत्र दिने कार्य रोकिएपछि यसक्षेत्रका बासिन्दाहरु प्रभावित भएका हुन । यातायात व्यवस्था कार्यालयले हाल मोटर साईकल र स्कुटीको प्रयोगात्मक परीक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गरि सकेको भएपनि विभागले स्थलगत निरिक्षण नगर्दा सवारी चालक अनुमति पत्र कार्य सुचारु हुन नसकेको कार्यालय प्रमुख राजेन्द्र घिमिरेले बताउनु भयो ।
दुई पाङ्ग्रे सवारी साधनको ट्रायल परिक्षा लिने स्थानमा जडान गरिएका सिसि क्यामरा लगायतका प्राविधिक कामहरुको यातायात व्यवस्था विभागबाट आउने टोलीले निरिक्षण गरी त्यसको स्वीकृति दिनु पर्ने प्रावधान रहेको कारण टोली नआउदा सवारी चालक अनुमति पत्र वितरण गर्ने कार्य अगाडी बढाउन नसकिएको घिमिरेले दावी गर्नु भयो । उहांले चार चक्के तथा जिप, कार, बस, ट्रक, ट्याक्टर लगायतका सवारी साधनहरुको ट्रायल परीक्षा लिनका लागि भने आवश्यक जग्गाको खोजी भई रहेको र यस आर्थिक बर्षमा सो सम्भव नरहेको बताउनु भयो । ठूला सवारी साधनको ट्रयाल परिक्षा लिनका लागि स्थायि रुपमै २५/३० लाख रुपैयाको लागतमा ट्रायल स्थलको निर्माण गर्नु पर्ने भएको हुंदा यस आर्थिक बर्षमा सम्भव नरहेको घिमिरेले दावी गर्नु भयो ।

Nepalese Rupee Exchange Rate