वीरगंज। समाजवादी छात्रसभा ठाकुर राम बहुमुखी क्याम्पस ईकाई कमिटीले आज विज्ञप्ती जारी गरी क्याम्पस प्रमूख ललन द्धिवेदीले बजेटको दुरुपयोग गरी विद्यार्थीहरुको हकहितको कुनै सुनवाई नै नगरी आफनै मनमानी ढंगले चल्न खोजे
को विद्यार्थी नेताहरुले आरोप लगायका छन् ।
क्याम्पस प्रमुखको दादागिरी शैली व्यवहार प्रति विधार्थी नेताहरु आक्रोसित भएका छन् । सो विज्ञप्तीमा छात्रावास छिटै सन्चालन गरियोस, टि।सी। र सी।सी। लाई कम्प्युटराईज, प्रथम वर्षको भर्ना केही दिनको लागि खुला गरियोस लगायतका ७ बुँदे माँग राखि क्याम्स प्रमुखलाई जानकारी गराँदा समेत व्यवस्था नजरअन्दाज गरेको ईकाई अध्यक्ष फिरोज बादशाहले बताए ।
विधार्थीहरुको मागलाई क्याम्पस प्रमुखले वेवास्ता गरे शशतm आन्दोलन गर्ने चेतावनी एक प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । शिक्षा शास्त्र संकायको प्रमुखको कार्यालयमा तालाबन्दी गरिएको जानकारी गराउदै यथाशिघ्र मागवारे सुनवाई नभए थप कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

Nepalese Rupee Exchange Rate