चुनावप्रति जाग्यो नाङ्लेभारे

काठमाडौ, २६ जेठ, — संविधान सभाको उप निर्वाचन  नजिकिदै जाँदा मतदाताले व्यापक रुपमा चुनावप्रति चासो राख्न थालेका छन् । केही दिनअघिसम्म ‘उप चुनावले नछोएको’ भनिएका नाङलेभारेका बासिन्दामा समेत यतिखर चुनावी रौनकता छाएको छ । उनीहरु गत साता मकै गोड्ने र धानको बिउ राख्ने कार्यमा व्यस्त थिए । यी काम सकिएपछि स्थानीय बासिन्दा अहिले चुनावप्रति जागेका छन् ।
घर दैलो अभियानको चौथो दिन एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले सोमवार नाङ्लेचभारेका  मतदातालाई भेटघाट गर्नु भएको छ   ।  उहाँले सोमवार बिहानैदेखि नालेभारेका पाङ्ग्रेबास, चाँपाबोट, छाप र पटाप लगायतका ठाउँमा घरघरमा पुगेर मतदातासँग भेट गर्नु भयो । घरदैलो अभियानको क्रममा ठाउँ ठाउँमा कोणसभा समेत गरिएको थियो  । चाँपाबोट र पटापमा आयोजित कोण सभालाई सम्बोधन गर्दै श्रेष्ठले मुलुक एमालेको नेतृत्वमा मात्र परिवर्तन हुने दाबी गर्नु भयो ।  ‘एमाले राष्ट्रलाई निकास र गाउँलाई विकास दिने पक्षमा छ’ उहाँले भन्नुभयो– संविधान सभामा यही ढंगले अगाडि बढ्छौ ।’
राज्य संचालनमा सुशासनको थालनी एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारबाट शुरु भएको उल्लेख गर्दे उहाँले भन्नुभयो– ‘एमालेले त्यस बेला ल्याएको गाविसलाई बजेट, वृद्धभत्ता, स्थानीय निकाय अनिवार्य रुपमा महिलाको सहभागि लगायतका कार्यक्रम मुलुकमा लोकप्रिय बन्यो । फेरि एमालेले नेतृत्व गर्ने अवसर पाए, त्यस्ता थुप्रै कार्यक्रम दिनेछ ।’
कार्यक्रममा बोल्दै सभासद् पेम्बा लामाले यस क्षेत्रबाट उम्म्दवार बन्नु भएका कृष्णगोपाल श्रेष्ठले प्रजातान्त्रिक आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको स्मरण गराउँदै चुनावमा उहाँलाई जिताउन  मतदातालाई आग्रह गर्नु भयो ।
काठमाडौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं २ का इन्चार्ज मणिराम फुयालले यो क्षेत्र एमालेको  ‘उर्वर भूमि र वैचारिक नर्सरी’को रुपमा रहेको उल्लेख गर्नुभयो ।  ‘जननेता मदन भण्डारीले तयार पारेको यो नर्सरीलाई कसैले फाड्न सक्दैन, कसैले आँखामा भिक्स दलेर सबैलाई अध्याँरो देखाउछु भन्छ भने त्यो मुर्खता हो’ उहाँले भन्नुभयो– ‘यो ठाउँमा एमाले निरन्तर रुपमा विजयी हुँदै आएको छ । आगामी दिनमा पनि मतदाताले एमालेलाई अत्यन्तै भारी मतले विजयी गराउनेमा म पूर्ण रुपमा विश्वस्त छु ।’

एमाले उम्मेदवार श्रेष्ठले घर दैलोको पहिलो दिन शुक्रवार मूलपानी, दोस्रो दिन शनिवार कामनपा–३५ मा, तेस्रो दिन आइतवार लप्सेफेदीमा घर दैलो गर्नु भएको थियो ।
समाचार सौजन्य ÷ प्रचार विभाग, नेकपा(एमाले) काठमाडौं–२


SHARE THIS

Author:

Facebook Comment