आदिवासी जनजाति महासंघ मनहरीमा पुनः लामा


अशोकसुजन श्रेष्ठ।
हेटौडा । 
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् मनहरीको अध्यक्षमा पुनः बुद्धरत्न लामा चयन हुनुभएको छ ।
 आइतवार मनहरीमा भएको गाउँ भेलाले लामाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।  समितिको उपाध्यक्षमा धनबहादुर राना मगर, सचिवमा दिलबहादुर बोटे, कोषाध्यक्षमा मिरा थापामगर र सहसचिवमा रामकुमारी प्रजा चेपाङ चयन हुनुभएको छ । समितिको सदस्यहरुमा बुद्धिलाल प्रजा चेपाङ, ईन्द्र राई, खुसीलाल मोक्तान र प्रेमबहादुर मोक्तान चयन हुनुभएको छ ।
 जातीय प्रतिनिधित्व हुने गरी पछि २ सदस्य थप गर्दै समितिलाई पूर्णता दिइने जनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरको आयोजना तथा महासंघ गाउँ समन्वय परिषद् मनहरीको समन्वयमा कार्यक्रम भएको हो ।
 कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् मनहरीका अध्यक्ष बुद्धरत्न लामाको सभाध्यक्षता रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment