नि:शुल्क दन्त परिक्षण शिविर


आर.सि.एनबाट
वीरगंज २६ गते जेष्ठ । शंकर लाल केडिया डेन्टल केयर सेन्टर परवानीपुरले  सुर्य नेपालको सहयोगमा चन्द्रनिगाहपुर स्थित श्री शुवलाल भागवत उच्च माध्यमिक बिधालयको प्राङ्गनमा नि:शुल्क दन्त परिक्षण शिविर कार्यक्रमको आयोजना गरयो ।
सो कार्यक्रमको अतिथी सुर्य नेपालका वी.एन. चौधरी र केडिया डेन्टल अस्पतालका डा.बिजय अग्रवालले नि:शुल्क दन्त परिक्षण शिविर कार्यक्रम आउने दिनमा पनि निरन्तरता दिने प्रतिब
द्धता समेत कार्यक्रममा ब्यक्त गर्नु भएको थियो ।
उक्त नि :शुल्क दन्त परिक्षण शिविर कार्यक्रममा स्थानियबासी लगायत सर्वसाधारण गरी लगभग २७४ जनाको दॉत डेन्टल अस्पतालका डा. अग्रवालले परिक्षण गर्नु भएको थियो ।
भने जि.डि.फर्मास्युटिक्लसको सहयोगमा नि :शुल्क औषधि समेत कार्यक्रममा बितरण गरिएको थियो । दॉत परिक्षण कार्यमा अस्पतालका हाइजिनिट राजीव शाह र सहायक मनोज साह, सोनालाल, मलिन्द्र चौरसिया लगायतले सहयोग पुर्‍याएका थिए ।
सो परिक्षण शिविर कार्यक्रममा सहभागी हुने बिरामी पछि थप उपचारको लागी अस्पतालमा सेवा लिन आउने बिरामीहरुलाई उपचारमा २५% छुट, नि:शुल्क पुर्जी तथा औषधि समेत उपलब्ध गराउने कुरा अस्पतालका प्रशासन प्रमुखले संचारकर्मीहरुलाई बताउनु भयो ।


SHARE THIS

Author:

Facebook Comment