एमबीएका विद्यार्थीहरुलाई व्यवसायिक शिक्षा तालिम


बीरगंजः २५ जेठ
लण्डन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिज नेपालद्धारा व्यसायिक शिक्षा विषय तालिम बिपीसी कलेजको आयोजनामा एमबीएका ४० जना विद्यार्थीहरुलाई होटल मकालुमा ५ दिने तालिम आज सम्पन्न भएको छ ।
सो तालिमको समापन सत्रका प्रमुख अतिथि नेपाल उद्योग वाण्ज्यि महासंघका केन्द्रिय सदस्य अशोक टेमानीले समयको कदर गर्यो भने मात्र जीवनमा अगाडी बढन सक्ने कुरामाथि जोड दिँदै आफ्नो देशको दक्ष जनशक्तिलाई पहिलो प्राथमिकता दिनुपर्दछ भन्नु भयो । काम वा अध्ययन गर्ने समयमा जहिले पनि उदाहरणीय व्यक्तीको रुपमा उभिनु पर्छ टेमानीले बताए ।
कक्षा संचालन सँगसगै विद्यार्थीहरुमा व्यवहारिक तथा तत्काल व्यसायिक शिक्षा प्रदान गर्ने उद्देश्यले जेठ २१ गते देखि २५ गते सम्म सन्चालन तालिममा लण्डन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिज नेपालको तर्फबाट ३ जना प्रशिक्षकहरु अभिलाष आचार्य, दिपराम टण्डन र सन्तोष राठी रहेका थिए ।
तालिम समापन सत्रको सभापतित्व विपिसी कलेजका निर्देशक डा दिपक शाक्यले गरेका थिए भने कार्यक्रममा मेगा बैकका मैनेजर अमरत्व तेजस्वी ओझा, पोडेन्सियल इन्सुरेन्सका मैनेजर अमर बहादुर गौतम, विपिसी कलेजका हरि रत्न तुलाधर र बासु कर्ण, ए.के. झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
 ४० जना एमबीएका विद्यार्थीहरु मध्ये प्रवीन जैसवाल र निकिता सरावगीले तालिममा सिकेका कुरा समापन सत्रमा राखेका थिए । विपिसी कलेजले समय समयमा विभिन्न खाले तालिम, गोष्ठी, सभा सेमिनार तथा समाजिक कृयाकलापहरु गर्दै आएको छ । सहभागीहरुलाई प्रमाण पत्र वितरण एवं प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरेको थियो ।


SHARE THIS

Author:

Facebook Comment