–अमर मान श्रेष्ठ (अविचल)
बीरगंज /नेपालको इतिहासमा नै सबै भन्दा डरलाग्दो घटना नारायणी दरवारमा तत्कालीन राजा विरन्द्र शाहको वंश नै समाप्त पार्ने गरिएको हत्या काण्ड अहिले पनि आम जनताको विचमा ताजै रहेको छ । तत्कालीन राजा विरेन्द्र र उनका सम्पूर्ण परिवारला्ई उनकै जेठो छोरा दिपेन्द्र शाहले गोली हानी हत्या गरिदिएका थिए । उनले किन र केको लागि आफनै बुवा आमा भाई बहिनीको हत्या गर्यो यो चाहि अहिले सम्म रहस्य नै हुन पुगेको छ । दरवार हत्या काण्डको विरुद्ध तत्कालीन नेकपा माओवादीले हत्याको आरोप पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगाएका थिए । ज्ञानेन्द्रले नै विरेन्द्रको वंशज समाप्त पारेका हुन भन्ने ठोकुवा गरेका थिए । दरवार हत्या काण्डपछि ्माओवादीले नारायणीहिटी दरवार खसेको पोस्टर समेत बजारमा चिप्काएका थिए । माओवादीले ज्ञा्नेन्द्रलाई हत्याराको रुपमा जेलमा बन्दि बनाएका पोस्टरहरु टासेर निकै वाहा कमाएको जस्तै उनीहरुले सोचेका थिए । तत्कालीन माओवादीको पछि पछि लागेर पहिलेका राजावादी काग्रेस एमालेलाई अलिकति पनि लाज लाग्न छाडेका थिए । माओवादीले जे जे भन्यो त्यसको पछि पछि लागेर राजसंस्था समाप्त पार्यो । राजसंस्था समाप्त पारेर हिडने एमाओवादी ,काग्रेस एमाले लगायतका दलहरुले अहिले सम्म शासन सत्ताको बागडोर आफनो हातमा लिएका छन । उनीहरुले अहिले सम्म दरवार हत्या काण्डको आरोपितहरुलाई किन समाउन सकेन । उनीहरुलाई कुन चाहि अदुष्य शक्तिले दरवार हत्या काण्डको छानविन गर्न रोकेका छन । दरवार हत्या काण्डको मुख्य नाइके पूर्व राजा ज्ञानेन्द्र नै हुन भनेर आरोप लगाएर जनताको विचमा राजनीतिक गर्न सफल भएका भुइभुटै नेताहरुलाई कुन शक्तिशाली मुलुकले दवाव दिइरहेका छन । जसको कारणले अहिले सम्म दरवार हत्या काण्डको अभियुक्तलाई पक्राउ गर्न सकेका छैन । एमाओवादी काग्रेस एमालेले दरवार हत्या काण्डको नाइके ज्ञानेन्द्र हुन भनेका छन । उनीहरुले नै अहिले सम्म नागार्जुन दरवारमा बस्ने दिएका छन । एउटा हत्यारालाई यति सम्मानका साथ नेपालमा नै बस्नु दिनु भएको दलको लागि कति सोभनिय कार्य हुन भनेर किन बुझन सकेका छैन । दरवार हत्या काण्डमा ज्ञानेन्द्र शाहको कुनै संलग्नता छैन भन्ने कुरा पनि दलहरुले आफै प्रमाणि गरेर देखाउन सफल भएको अवस्थामा ज्ञानेन्द्रलाई आरोप लगाएर हिडने दलहरुको लागि पानीमा डुवेर मर्नु जस्तै हुन पुगेको छ ।दरवार हत्या काण्डको बारेमा छानविन गरेर सत्य तथ्य कुरा जनताको विचमा ल्याउनको लागि दलहरुलाई कसले रोकिराखेका छन । उनीहरुले किन अहिले सम्म विरेन्द्रको् वंशज समाप्त पार्नै हत्याराको नाइकलाई जनताको विचमा ल्याउन सकेका छैन । दलहरुले आफुले दरवार हत्या काण्डको छानविन गरि सत्य कुरा ल्याउने बताएका पनि यति वर्ष विती सकेको छ । त्यहि पनि दरवार हत्याकाण्ड अहिल सम्म रहस्यमय भइरहेको छ । नेपाली सेनाले २४ घण्टा सम्म दरवारलाईलाई सुरक्षा प्रदान गर्दै आइरहेको बेला दरवार भित्रै नै दिपेन्द्रले अत्याधुनिक हतियारले पहिलो गोली उनले आफनो बुवालाई हिर्काउन पुगेको र आमाले दिपेन्द्रसंग हतियार छिन्न खोज्दा अर्काै गोली आमामाथि हिर्काएका थिए पछि एक एक गरि भाइ बैनीलाई गोली हानी हत्या गरि सकेपछि उनले आफैले गोली हानी हत्या गरेको कुरा सार्वजनिक हुन पुगेको छ । दिपेन्द्रले यति ठुलो वंशज नै समाप्त गरि हत्या गरिदिने आट उनमा कसरी आयौ । यहि नै सबैले सोचनु पर्नै बेला भएको छ । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसकोस भनेर तत्कालीन राजा विरेन्द्र निकै चलाखीपूर्ण तरिकाले लागेका थिए । उनलाई सल्लाह दिनेले दलहरुले देश बर्बाद पार्यो । सरकारले केही गर्नु पर्यो भन्ने कुरा पनि विरेन्द्रका पुर्याउने गरेको काम गरेका थिए । त्यसबेला तत्कालीन राजाले पनि सत्ता आफनो हातमा लिने सोच बनाएर राखेका थिए । उनी चिनको भ्रमण सिधाएर सत्ता आफनो हातमा लिने मनसाय बनाएर बसेको बेला एक्कासि यो दरवार हत्या काण्ड भएको हो भन्ने कुरा बाहिर आएको् छ ।
ततकालीन राजा विरेन्द्र आफनो मुलुकको लागि निकै चिन्तीत रहेका थिए । दलहरुले मुलुकमा द्वन्द्व बढाएर समाप्त पार्न लागेका थिए । तत्कालीन माओवादीले जनयुद्धको नाममा राष्ट्रिय सम्पति ध्वस्त बनाउदै आइरहेका थिए । दिनहु जसो प्रहरी र माओवादीविच्को भिडन्तले सयौ जनाको मृत्यु भइरहेका थिए । अहिलेको गृहमन्त्री बामदेव गौतम त्यसबेलाको पनि गृहमन्त्री नै हुनु हुन्नथियो ।उहाँले अप्रेसन शेरा वन ठगन गरेर हिंसालाई झनै भडकाउन सफल भएका थिए ।मुलुकमा आगो नै लागेका थिए । कुनै पनी नागरिकहरुले आफुलाई सुरक्षित सम्झीन सकेका थिए । त्यसबेला तत्कालीन माओवादीको मुख्य शत्रु काग्रेस एमाले नै थियो । उनीहरुले खोजी खोजी काग्रेस र एमालेको नेता कार्यकर्ताहरुको हत्या गरिरहेका थिए । मुलुकलाई द्वन्द्वबाट जोगाउनको लागि नै विरन्द्रले सत्ता आफनो हातमा लिन खोजेको बेला दरवार हत्या काण्ड भयो । विरेन्द्रको वंशज नै समाप्त भयो । काग्रेस एमाले र एमाओवादी एक हुन पुग्यो । दरवार हत्या काण्ड रहस्यम रहयो । प्रकाशित मितिः२०७१ जेठ २० गते मंगलवार
Nepalese Rupee Exchange Rate