– अशोकमान श्रेष्ठ (अविचल)
![]() |
| रमेश खरेल, फाइल फोटो |
त्यसैगरि ‘एआईजी’ बढुवाको सिफारिसलाई लिएर चर्को असन्तुष्ट देखिएको छ । सिफारिसमा नपरेका डीआइजीहरुले सिफारिसमा आर्थिक चलखेल भएको र आफुहरुमाथि अन्याय भएको भन्दै पुनरावलोकनको माग गरेका छन । बढुवा सिफारिसमा नपरेका गणेश राई, नारायण बस्ताकोटी , यादव अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराज सिंह शाहीले बढुवामा आर्थिक चलखेल दावी सहित पुनरावलोकनको माग गरेका हुन । एस.एस.पि खरेलले कति सम्म सहि अभिव्यक्ति दिएका थिए भन्ने कुरा अहिले सबैको सामु देखा परेका छन । डिआईजीबाट एआईजी हुनको लागि मोटो रकम दिने गरेकाले इमानदार प्रहरी अधिकृतहरु जहिले पनि पछि पर्दै जाने गरेकाले यस्तो कार्य हुनबाट रोकन खरेलले सच्चा ह्दयले आफनो भनाई बाहिर ल्याएका थिय । खरेलको भनाईलाई भ्रष्टहरुले पचाउन नसक्दा उनीमाथि जसरी भएपनि कारवाई गर्न थालेका छन । प्रहरी नियमलाई उलंघन गरेको भन्दै अन्यायपूर्ण तरिकाले कारवाई गर्न लागि परिरहेका छन । खरेललाई कारवाई गर्न सकेमा मात्रै प्रहरी फोर्समा हुने भ्रष्टाचारलाई संस्थागत गर्न सकिने र भित्रको कुरा बाहिर नजाने जनताहरुले थाह पाउन नसक्ने सोच बनाएर खरेललाई कारवाई गर्न तम्सीएरलागि परेका छन ।
एउटा इमानदार प्रहरी अधिकृतले भ्रष्टाचार अनियमितता गर्न हुन्न । यसलाई रोकनु पर्छ अनिमात्रै मुलुक र जनताको भलो हुन्छ भन्नु अपराध हो । जनताको करबाट प्रहरी सेवामा जागिर भएकाले जनताको पसिनाको करबाट पालिएका प्रहरी अधिकृतले जहिले पनि भ्रष्टाचारको विरोधमा नै लाग्नु पर्छ भन्ने सोच बनाउनु खरेलले अपराध गरेका हुन त ? खरेल जस्तै अरु प्रहरी अधिकृतले यस प्रकारको अभिव्यक्ति दिन किन चाहेन । उनमा कुनै स्वार्थ लुकेका थिएन । आफुले बोलेको कुरामा जस्तो सुकै पनि कारवाई सहन तयार भएर बसेकाले नै भ्रष्टाचारको विरुद्ध बोल्न सफल भए । इमानदार प्रहरी अधिकृतले बुझाउन नसक्ने ब्रिफकेशबाट बढुवा न पाउने । प्रहरी अधिकृतले भ्रष्टाचार गरि अंकुत सम्पति आर्जन गरेर मोटो रकम दिएर बढुवा हुनको लागि मात्रै प्रहरी सेवामा नियुक्ती पाएका हुन । यो कुरा चाहि कसले मूल्याङकन गर्ने आज देशभरि खरेलमाथि हुन लागेको कारवाईको विषयले नै प्रमुखता पाएका छन । हजारौ जनताहरुले खरेलमाथि कारवाई हुनु हुन्न भन्ने आफनो मनसाय व्यक्त गरेका छन ।तर उनीमाथि कारवाई गरि छाडने अडानमा गृहमन्त्री बामदेव गौतम आफै लागि परिरहनु भएको छ । उनी किन खरेलमाथि आफनो आवेश साधन चाहेका हुन । देश र जनताको सेवामा सधै इमानदार भएर लाग्ने खरेललाई कारवाई गरि उनले कसको सेवा गर्न लागेका हुन । सत्य बोल्ने र इमानदार भएर देश र जनताको सेवा गर्ने भनेर लाग्ने खरेलमाथि अन्याय नै हुन पुगेको छ । खरेलले दिएको अभिव्यक्ति सहि थियो भन्ने कुरा आफुलाई अन्यायमा पारेको भन्दै ६ डिआईजीले आर्थिक चलखेल भएको बताएका छन । अब उनीहरुमाथि पनि कारवाई हुने हुन कि ? उनीहरुले दिएको अभिव्यक्ति चाहि के हो ?
खरेलले जुन साहस र आट गरेर देखाउन सफल भएका छन । यसको मूल्याङकन जनताले आफैले गर्ने छन । नेपाली जनताहरुको मनमा बस्न सकेका खरेललाई भ्रष्ट चरित्र भएकाहरुले कारवाई गर्दैमा खरेलेको लोकप्रियतालाई कसैले पनि समाप्त पार्न सक्दैन । उनी जुन प्रकारले लागि परिरहेका छन । त्यसमा नै उनको विजय हो । सच्चा मनले देश र जनताको सेवा गर्ने उनी देशको कुनै जिल्लामा पुगे तापनि पहिलो जनताको काम गर्न कहिले पछि परेका छैन । उनले गरेको कामबाट नै जनताले उनको नाम लिइरहेका छन । सत्य बोल्दा कारवाईमा पर्न सक्छ भने यो मुलुकलाई संचालन गरिरहेका सरकारले जहिले पनि असत्यको पक्षमा नै निर्णय गर्न सक्छ भन्ने कुरा जनताले बुझने छन । सरकारले अहिले खरेलमाथि ठुलो अन्याय भएको देखेका छन कि छैन । उनले प्रहरी फोर्समा भ्रष्टाचार हुनु हुन्न ।प्रहरीमा भ्रष्टाचार भएको खण्डमा प्रहरीले देश र जनताको सेवा गर्न सक्दैन भन्ने सोच बनाएकालाई यसप्रकारको अन्यायमा पारेर हिडने सफल हुन्छ भने नेपालमा सत्य बोल्न हुन्न प्रमाणित हुन पुगेको छ ।यहाँ असत्य बोल्नेहरुको जमात छन ।उनीहरुले सत्यकुरालाई कहिले पनि सिरोधार गर्न सक्दैन ।सत्य बोल्नेबाट असत्य बोल्ने र गर्नेलाई जहिले पनि सिसनोले पोलेको जस्तै हुने गर्छन । खरेल माथि कारवाई गर्नु भनेको सत्य माथि कारवाई गर्नु हो । असत्य गरि हिडनेहरुको कहिले पनि भलो भएको छैन । सत्य बोल्ने र गर्नेको ढिलो वा चाँडो विजय हुन्छ भन्ने कुरा खरेललाई कारवाईमा पार्न खोज्नेहरुले समयमा नै बुझनु पर्छ । खरेललाई जिन्दावाद भनेर नाराहरु लगाएर जुलुश प्रदर्शन गर्ने जनतालाई असत्य बोल्नेले कुन प्रकारको कारवाई गरि देखाउने हुन । भ्रष्टाचारको विरुद्ध सशक्त र जुझारु भएर बोल्न सक्ने र जनताको यति ठुलो मायाँ पाउने एस.एस.पि खरेल नै नेपालमा पहिलो व्यक्ति हुन । खरेल जस्तै अरु व्यक्ति जन्मीन सकेको खण्डमा नेपाल आमा कति हसिलो हुने थियो । नेपालमा एउटा इमानदार देशभक्त खरेललाई जनम दिन नेपाल आमाले सकेकोले उनको जयजयकार बर्तमान र भविष्यमा रहिरहने छ । प्रकाशित मितीः२०७१ जेठ २० गते मंगलवार

Nepalese Rupee Exchange Rate