संजय मिश्रा
रौतहट।जिल्लाप्रशासन कार्यालय रौतहटमा केहीसमय अघिमात्र नया सिडिओको रुपमा आउनुभएका मदन भुजेलको प्रमुख आतिथ्यमा कटहरियामा सरसफाइ कार्यक्रम हुने भएको छ । जिल्लाकै चर्चित बजारको नामले परिचित कटहरियालाइ नमुना बजारकोरुपमा स्थापित गराउने उदेश्यले युवापिढीका सिडिओ भुजेललाइ नै प्रमुखअतिथि बनाउने सहमती भएको हो।
गाबिस कटहरियामा शनिवार बसेको सर्बपक्षिय बैठकले उक्त निर्णयगरी कार्यक्रमको प्रमुखआतिथ्य ग्रहनकोलागी सिडिओ भुजेल र आतिथ्यको लागी स्थानिय बिकास अधिकारी बस
न्त भण्डारीलाइ अनुरोधगर्ने समेत सहमती भएको छ । सिडिओ भुजेलको अवधारणा र आफनोगााउ आफैबनाउ निति अनुरुप बजारको सरसफाइ प्रती अग्रसरता देखाएका हुन । जिल्ला बिकास समिति रौतहटको नाउमा रही गाबिस कटहरियाले स्थाइरुपमै भोगचलन गर्दैआएको करिब पााचबिगहा क्षेत्रफल जग्गामा हाटबजार लाग्दै आएको छ।
उक्त बजारबाट बर्षेणी गाबिस कटहरियाले १५ लाखरुपैयासम्म टेण्डरबाट पाएको छ । सोही किताबात जग्गाका सझियार र केही स्थानियले घर टहरा निर्माणगरी अतिक्रमण गरीसकेको गाबिस सचिव जयनारायण श्रीवास्तवले बताएका छन । त्यसैगरी बजारमा मासुपसल लगायत बिभिन्न पसलहरु गरीबसेकाले बजारक्षेत्रमा फोहरको डैगुर थुप्रयाएको छ । केहिदिन अघिमात्र कटहरियामा सम्पन्न सार्वजनिक सुनवाइ कार्यक्रममा एकजना अतिथि बाट फोहरबजार भनी सम्बोधन हुनुले पनी बजारबासीमा चेतना आएको छ । जनप्रतिनिधि बिहिन बर्तमान अवस्थामा नेतृत्व पंक्तीको स्पस्ट भुमिकाको अभावमा कटहरीया बजार दिन प्रतिदिन अतिक्मण हुदै गएको छ । गाबिसमा शनिवार बसेको सर्वपक्षियबैठकमा बजारसफाइ गर्न चौतर्फी प्रतिवद्धता आएपछी उक्त निर्णयगरी प्रमुखअतिथि सिडिाओ भुजेलको सलाह अनुसार कार्यक्रमको तिथि निर्धारण गर्ने निर्णय भएको बैठकमा सहभागी
स्थानिय राकेशकुमार गिरीले बताएका छन ।
Nepalese Rupee Exchange Rate