बीरगंज २५ जेठ ।ससस
पर्सा जिल्लाको गर्दौल देखि प्रसौनीभाठा सम्म पुग्ने सडक ग्रेभलि· गर्ने कार्य तोकिएकै समयभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनिलाई स्थानिय प्रशासनले निर्देशन दिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय सहितको सुरक्षा अधिकारी तथा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको टोलीले आज सो सडकको स्थलगत निरिक्षण पछि निर्माण कम्पनिलाई बर्षायाम शुरु हुुनु भन्दा अगाडी नै सडक ग्रेभल गर्ने कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । कृषि सडक आयोजन अन्तरगत सडक विभागले निर्माण गर्न लागेको गर्दौल प्रसौनीभाठा सडक ग्राभेलि· कार्य तोकिएको समयमा सम्पन्न हुन नसक्ने देखेपछि स्थानियवासिन्दाहरुले जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी निकायहरुसंग सडक निर्माणकालागी अनुरोध गरेका थिए । हाल सो सडक खण्डमा माटो पुर्ने काम सम्पन्न भई सकेको र ग्राभेल गर्ने कार्य जारी रहेको हुंदा तत्काल ग्राभेल सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देशन दिईएको पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले बताउनु भयो ।
स्थानिय निकाय जनप्रतिनिधि विहिन बनेपछि विशेष गरेर ग्रामिण क्षेत्रको विकास निर्माण, बाटो पुल पुलेसा निर्माण कार्य नराम्रो संग प्रभावित भएको छ । विगत १३ बर्ष देखि स्थानिय निकायको निर्वाचन हुन नसकेको कारण गाउं घरका समस्याका सम्बन्धमा बुझ्ने कुनै निकाय नभएको अवस्थामा स्थानिय प्रशासनले विकास निर्माण प्रति चासो देखाउदै स्थलगत निरिक्षण गर्दै निर्माण कम्पनिलाई कडा निर्देशन दिएपछि सडक निर्माण कार्य सम्पन्न हुने विश्वास स्थानिय वासिन्दाले लिएका छन् ।