लायन उमेश साह कानु
बीरगंज जेठ ।
लायन्स क्लव अफ वीरगंज लगायतका विभिन्न ७ वटा लायन्स क्लवले शनिवार एक समारोहका विच इनर्वा प्रहरी चौकीलाई १८ थान बेड सहित फर्निचर हस्तान्तरण गरेका छन् । लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर रमेश अग्रवालले सम्पूर्ण ७ वटा लायन्स क्लवको तर्फबाट बेड तथा फर्निचर पर्सा प्रहरी उपरिक्षक धिरज प्रताप सिंह मार्फत इनर्वा प्रहरी चौकीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा प्रहरी कार्यालयलाई सहयोग गरेको भन्दै प्रहरी उपरिक्षक सिंहले लायन्स क्लवको सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै क्लवलाई धन्यवाद ज्ञापन गर्नु भयो ।प्रहरीसंग हातेमालो गर्दै समाजमा हुने विकृति विसंगति अन्त्यका लागि लायन्स क्लव सदैव प्रतिवद्ध रहेको लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर रमेश अग्रवालले बताउनु भयो । कार्यक्रममा वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत तारा बहादुर कार्की,
इनर्वा प्रहरी चौकी निर्माण समितिका कोषाध्यक्ष ग्यासुद्दिन ठकुराई लगायतका वक्ताहरुले आ(आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Nepalese Rupee Exchange Rate