| (धुम्रपानस्वास्थ्यको लागी हानिकारक छ) |
धुम्रपानमा बिडी, फिल्टर नभाको चुरोट र तमाखु सबै भन्दा खतरनाकमा पर्दछ ! त्यस पछी जर्दावाला पान, गुट्खा पराग ! यी सबै स्वास्थ्यको लागी हानिकारण छ तर त्यसो भन्दैमा फिल्टरवाला चुरोट खानु स्वास्थ्यको लागी फैदाजंक हुन्छ भनेर भन्न खोजिएको चैँ हैन !
हाम्रा प्रधानमन्त्रीले जवानीमा १५ पैसे बंगला पान र चार आना मुठा बिडी मजाले उडाउने र चपाउने गर्नु भाको रैछ ! त्यो बेला त स्वादले बिंडी तान्नु र पिच्च पानको पिक निजि देखि सार्वजनिक स्थानमा समेत थुक्दा त मज्जा आकोथ्यो होला तर 'धुम्रपानले लिन्छ ज्यान' भन्ने कुरा हेक्का राख्नु भएको भए आज 'अर्बुद रोग भन्ने क्यान्सर' ले पटक पटक पक्कै पनि आक्रमण गर्दैनथ्यो होला !
गल्ति आफु गर्ने अनि जनताको पसिनाको कमाइले जम्मा गरेको सरकारी ढुकुटी बाट देसको बिकास गर्न छोडेर जनताको पसिनाको कमाईले पटक पटक क्यान्सरको महँगो उपचार सात समुन्द्र पारीको देस अमेरिकामा गएर गर्न मिल्छ ? त्यसो गर्न भनेर नेपालको जनताले पटक पटक आन्दोलन गरेको हो ?
राजनीति बाट ग्रहण गरुन वा निजि बाट सम्माननीय पद भनेको त्यो राजनीतिक कहिले पनि हुन्न ! सम्माननीय पद भनेको देस र जनताको लागी 'गहना' हुन जान्छ भने त्यै पद धारण गरेका रास्ट्रको सच्चा सपुत स्व.श्री मरिच मान शिंह श्रेष्ठ माथि लोकतन्त्रे सरकारले भेदभाव गर्न मिल्थ्यो ? मिल्दैन भने कोहि लाइ पाखा र कोहि लाइ काख किन ?
-janakdangol@gmail.com
Nepalese Rupee Exchange Rate