काठमाडौ २८ जेठ– संविधान सभाको उपनिर्वाचन नजिकिदै जाँदा नेकपा एमाले काठमाडौं २ ले प्रचारप्रसारलाई तीब्रता दिएको छ । एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम जारी छ । उम्मेदवारसँगको भेटघाटलाई बासिन्दा उत्साहका साथ सहभागि भएका छन् । घर दैलो अभियानको पाँचौ दिन बुधवार एमाले उम्मेदवार श्रेठले डाँछीका कार्यकर्तासँगै बाजासहित नाचगान गर्दै मतदाताहरुको घर–घरमा गएर मत माग्नु भयो । बिहानै बम्हखेल नयाँपाटीबाट शुरु भएको घर दैलो कुइकेल टोल, डाँछीबजार, पौडेल टोल, भुतमपुर, नयाँ गाउँ, सत्याटार, थली, सिंखडा गाउँ, तामाङ टोल हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो । घर दैलोको क्रममा ठाउँ ठाउँमा कोण सभा समेत गरिएको थियो । बम्हखेल र डाँछीबजारको कोण सभालाई सम्बोधन गर्दै श्रेष्ठले यो क्षेत्रबाट इतिहासदेखि नै वामपन्थी उम्मेदवार विजयी हुँदै आएको बताउँनु भयो । ‘यो ठाउँमा २०१५ सालदेखि संविधान सभासम्म अरुले जितेका छैनन’ उहाँले भन्नुभयो– यो ठाउँमा काँग्रेसले त कहिल्यै जित्नेछैन । उसले जित्ने सपना नदेखे हुन्छ ।’
एमालेका केन्दीय सदस्य तथा उपत्यका समन्वय कमिटीका संयोजक समेत रहेका श्रेष्ठले यस क्षेत्रका बासिन्दासँग आफू पहिल्यैदेखि घनिष्ट रहेको बताउदै भन्नुभयो– म चंगा बन्नु चाहन्छु, तपाईहरु मलाई लट्टाई बनेर मलाई नियन्त्रण गरिरहनुस ।’ उहाँले उपनिर्वाचनमा आफूलाई भारी मतले विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।
डाँछीको घर दैलो अभियान अहिलेसम्मकै ठूलो भएको एमालेका क्षेत्रीय कमिटी अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी गराउनु भएको छ । ‘यति धेरै जनसहभागिता मंसिर ४ मा पनि भएको थिएन’ उहाँले भन्नुभयो ।