एमालेको घरदैलोः ईन्द्रायणीमा चुनावी रौनक


काठमाडौं, २७ जेठ — काठमाडौं क्षेत्र नं २ मा असार ८ गते हुन गइरहेको उप निर्वाचनमा नेकपा(एमाले)प्रति जनलहर बढ्ने क्रम बढने क्रम जारी छ । चुनाव नजिकिदै जाँदा यस क्षेत्रमा राजनीतिक कार्यकर्ताहरु धमाधम रुपमा अन्य पार्टी परित्याग गरी नेकपा(एमाले)मा प्रवेश गर्न थालेका छन् । एमालेमा प्रवेश गर्नेहरुको दिनहुँ लर्को छ ।
यस क्षेत्रमा एमालेका केन्दीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । एमाले उम्मेदवार श्रेष्ठले मंगलवार ईन्द्रायणीका मतदातालाई भेट गर्नु भयो । उहाँ बिहान ७ बजेदेखि मतदाताको घर दैलोमा पुग्नु भएको थियो । उहाँले बिहान भर त्यस ठाउँका बासिन्दासँग आफूलाई मत दिन आग्रह गर्नुभयो । घर देलो अभियानमा उहाँसँग पार्टीका कार्यकर्ता तथा स्थानीय बासिन्दा ठूलो संख्यामा सहभागि थिए ।  उम्मेदवारको घर दैलोले इन्द्रायणीमा चुनावी रौनक बढेको छ ।
उहाँले मूलपानी, कामनपा ३५, लप्सेफेदी र नाङ्लेभारेका विभिन्न ठाउँमा यसअघि घर दैलो गरिसक्नु भएको छ ।
समाचार सौजन्य÷प्रचार विभाग, एमाले काठमाडौं क्षेत्र नं २


SHARE THIS

Author:

Facebook Comment