नारायणी अस्पतालमा चिकित्सकको मनोपरीःमेसु निरीह

वीरगंज । मध्य तराईको सबैभन्दा पुरानो र ठूलो नारायणी उप–क्षेत्रीय अस्पताल वीरगंजमा डाक्टरहरुको मनोपरी तन्त्रले गर्दा सेवाग्राही मर्कामा परेका छन् भने मेडिकल सुपरिटेन्डर निरिह बनेका छन् ।
 अस्पतालका पुराना र निनियर डाक्टरहरुको मनोपरीतन्त्र चलेको छ । डाक्टरहरु बिहान ९ बजे हाजिर भई सक्नु पर्ने र दुई बजे जानु पर्ने नियम छ तर ती डाक्टरहरुले ऐन नियमको धजिया उडाई रहेका छन् । ११ बजे हाजिर हुन्छन् र १२ बजे गईसकेको हुन्छन् । जसले गर्दा अस्पतालमा चेकजाँच गराउन आएका विरामीहरुले सास्ती खेप्नु परी रहेको छ ।
उप–क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डर डा. रामशंकर ठाकुरले ऐन नियम लागु गर्न सकेका छैनन् उनी निरीह बनेका छन् । मे.सु. ले नियम लागु गर्न खोज्दा उल्टै ती पुराना भनाउदा डाक्टरहरु मे.सु. माथि नै जाईलाग्न परि पर्दैनन् । गुण्डागर्दीको शैलीमा प्रस्तुत हुन्छन् । नारायणी उप–क्षेत्रीय अस्पतालका डाक्टरहरु क्लिनिक मुखी छन् । अस्पताललाई गफ गर्ने थलो मात्र बनाएका छन् ।

SHARE THIS

Author:

Facebook Comment