बीरगंजः २७ जेठ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको आयोजनामा लैङ्गिक समानता तथा समाजिक समावेशीकरणका अवधारणा जेसी कार्य समूहको बैठक तथा अर्धवार्षिक समिक्षा गोष्ठी होटल सम्झनामा सम्पन्न भएको छ ।
गोष्ठीका प्रमुख अतिथि नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजका मेशु रामाशंकर ठाकुरले उद्घाटन गर्दै बेरोजगार यूवाहरुलाई रोजगारी एवं पिछडिएर रहेका समुदायको समुन्नत विकासको लागि स्वयसेविका, कर्मचारी, एनजिओका साथीहरु इमान्दारीपूर्वक आ आफ्नो ठाउँबाट लागे मात्र गाउँ घर, टोल छिमेकमा स्वास्थ्य सेवा सुविधा प्रभावकारी हुने बताए ।
त्यसैगरि जिल्ला जनस्वास्थ्यका कार्यालय पर्साका प्रमुख अरुण कुमार महतोले गाविसमा खटिएका संघ संस्थालाई एक्सन प्लानको तहत छुटा छुटै क्षेत्र र विभाग बनाई कार्यहरुलाई बाँड फाँड गरेर कार्य गर्यो भने मात्र स्वास्थ्य सेवा सुविधा छिटो छरितो पुग्ने बताए ।
कार्यक्रममा निमित्त जिसिअ बरखु प्रसाद रजक, एनजिओ सिसिका उपाध्यक्ष इब्राहिम देवान, ब्रिलियन्ट युवा क्लबका छटु साह, जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजकिशोर प्रसाद, अमलेश्वर मिश्रा, अनिल मिश्रा, जिविसका धर्मराज थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला जनस्वास्थ्यका कार्यालय पर्साका प्रमुख अरुण कुमार महतोको सभापतित्वमा सम्पन्न गोष्ठीको सहजीकरण परिवार नियोजन अधिकृत अनिल मिश्राले गरेका थिए ।