अरनिको मा बि मा आँखा जांच शिविर सम्पन्न

हेटौडा बजार लायन्स क्लबले आज (बैसाख २६ गते) श्री अरनिको माध्यमिक बिध्यालय बसामाडी १नेवारपानीका बिध्यार्थीहरुको निसुल्क आखा जांच गराएको छ । लायन्स क्लब्स इन्टरनेसनलको "साईट फर किड्स" कार्यक्रम अन्तर्गत डिस्ट्रिक ३२५ बि २ का चिफ आई टी कोर्डिनेटर लायन मनोज ढुंगानाको पहलमा आर एम केडिया आखा आस्पताल परवानीपुरको प्राबिधिक सहितको टोलीले आखा जांच गरेका हुन् ।  
 एरिया कोर्डिनेटर लायन मुक्ति गोविन्द वैद्य को प्रमुख आथित्यता तथा क्लब अध्यक्ष लायन बसन्त कप्रौलाको अध्यक्षतामा संचालित सो शिविर बिद्यालय संचालक समितिका अध्यक्ष धनबहादुर गुरुङ तथा केडिया आँखा अस्पतालका प्रतिनिधि मनोज उपाध्यायको बिसेष आतिथ्यता रहेको सो कार्यक्रम क्लब सचिब लायन बैकुण्ठ लामिछानेले संचालन गरेका थिए।  
कार्यक्रम सफलताको लागि बिध्यालय संचालक समिति, प्रधान अध्यापक, शिक्षक परिवार तथा हेटौडा बजार लियो क्लबका पदाधिकारी को बिशेस सहयोग रहेको थियो । शिविरमा ४८० विद्यार्थीले आँखा चेक गराएको मा २२ जनाको आँखामा पावर चस्माको आवस्यकता देखिएको छ । केहि दिनमै क्लब मार्फत २२ बिद्यार्थीलाई निसुल्क पावर चस्मा वितरण गरिने छ ।     



SHARE THIS

Author:

Facebook Comment