भत्ता खान दोहोरो नागरिकता

बाजुरा, माघ १५ – बाजुराको बाँधु गाविस वडा नं ५ बोल्ढीकका रत्नपति जैसीको नागरिकता जिल्ला प्रशासन कार्यालय बाजुराले जफत गरेको छ । जैसीले दुईवटा नागरिता लिएर बृद्ध भत्ता खाने गरेको पत्ता लागेपछि नागरिता जफत गरिएको हो ।
जैसीले २०४६ साल बैसाख १६ गते १७१ नम्बरको पहिलो नागरिता लिएको र २०६३ साल फागुन २३ गते नन्दलाल पाण्डेको नाममा १९८७ साउन ६ गते जन्म मिति राखेर दोस्रो नागरिता लिएको खुलेको छ ।
उनले नयाँ नागरिकता बनाएर २०६३ सालदेखि
६९ सालसम्म बृद्ध भत्ता समेत खाएको र अहिले सो विषय अनुसन्धानको क्रममा रहेको खरिदार जयवीर कट्टेलले बताउनुभयो । जिल्ला विकास समितिमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेला उजुरी परेको र अनुसन्धान गर्दै जाँदा रहस्य खुलेको कट्टेलले बताउनुभयो । पाण्डेको नामको सामाजिक सुरक्षा भत्ता उनका भाइले लिँदै आएको पनि पाइएको छ ।
पाण्डेको नामको भत्ता उनको भाइले बुझ्ने गरेको पनि खुलेको छ ।
बाजुरामा यसरी दुईवटा नागरिता लिएर भत्ता खाने घटना सार्वजनिक भएको यो तेस्रो पटक हो । यस अघि पनि वाधु सातका खिउरी सार्की र मानाकोट १ का बमवहादुर बुढाले पनि यस अघि दुई दुई नागरिता लिएका भेटिएको थियो ।
नागरिता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार कसैले पनि एक भन्दा बढी नागरिता लिएमा १५ हजारसम्म जरिवाना र जेल सजाय हुने ब्यवस्था गरिएको छ । अर्को नागरिता बनाएर कुनै सेवा लिएमा लिएको सवै सेवा फिर्ता हुने र पछिल्लो नागरिता रद्ध हुने ब्यवस्था रहेको प्रशासन कार्यालय बाजुराले जनाएको छ । श्रोत उज्यालो ।


SHARE THIS

Author:

Facebook Comment