२० जना भारतीय तस्कर पक्राउ

विराटनगर, माघ १५ – सुपारी तस्करमा संलग्न २० जना भारतीयलाई बुधबार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार विहान २ बजे सुपारी भारत निकासी गर्न लागिएको अवस्थामा पुगेको प्रहरी माथि आक्रमण गरेको भन्दै उनीहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ८ क्विन्टल सुपारी बरामद गरेको जनाएको छ । सुपारी तस्करी भएको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी र सुपारी तस्करबीच झापाको भद्रपुरमा झडप भएको हो ।
भद्ररपुर नगरपालिका २ बस्ने हरि बस्नेतको गोदामबाट सुख्खा सुपारी अवैधरुपमा चोरीनिकासी भइरहेको भन्ने सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरी टोली माथि ७० जनाको समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले तस्करलाई नियन्त्रणमा लिएको हो ।

SHARE THIS

Author:

Facebook Comment