संविधान निर्माण र स्थानिय विकासमा जुट्दै काठमाडौं ३

काठमाडौं । नेकपा(एमाले) निर्वाचन क्षेत्रीय कमिटी काठमाडौं ३ ले उक्त क्षेत्रबाट संविधान सभामा प्रतिनिधित्व गर्ने नवनिर्वाचित माननीय रामेश्वर फुयालको सम्पर्क कार्यालय जोरपाटीमा स्थापना गरेको छ । उक्त कार्यालयको शुभारम्भ नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य एवं उपत्यका समन्वय कमिटीका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले कांग्रेससाग सत्ताका लागि एमालेले भीख नमाग्ने बताएका छन्, कांग्रेस र एमाले मिलेर नयाा सरकार बनाउन जनताले
म्याण्डेट दिएका छन, कांग्रेसले मैदान छाडेको घोषणा गरेमा एमाले सरकारको नेतृत्व गर्न तयार धारणा ब्यक्त गर्नु भयो । विधि तथा प्रक्रिया मिलाएर नयाा जनादेशबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र संविधान सभाअध्यक्षको चुनाव हुनुपर्ने श्रेष्ठको भनाइ थियो । परिआएको खण्डमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि पछि नपर्ने श्रष्ठले बताए ।
कार्यक्रममा सभासद तथा एमाले केन्ऽीय सदस्य रामेश्वर फुयाालले एक वर्षभित्रमा जनतालाई संविधान दिने गरी आफुले सदनमा भूमिका निर्वाह गर्ने बताए ।
सोही सभामा एमाले केन्ऽीय सदस्य श्रेष्ठले संविधान निर्माण र विकासमा जनताको अभिमत संकलन गर्नका लागि तयार पारिएको सुझावपेटिका जोरपाटी र बौद्धका कार्यकर्तालाई हस्तान्तरण गरेका छन । क्षेत्र नं. ३ का जनताका सुझाव संकलन गर्न सुझाव पेटीका विभिन्न गाविस र नगरका वडा कार्यालयमा राखिने तथा सुझाव पेटिकामा जनताले पेश गरेको अभिमत अनुसार आफुले सदनमा आवाज उठाउने जानकारी नवनिर्वाचित सभासद् फुायालले दिएका छन । प्रत्येक एक महिना पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको रोहवरमा पेटिका खोलिने फुायालले बताए । सो कार्यक्रम नेकपा(एमाले) निर्वाचन क्षेत्रीय कमिटी काठमाडौं ३ का अध्यक्ष उद्धब खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै माघ ७ गते संविधानसभा सदस्यको शपथपछि सभासद् रामेश्वर फुयाालको पद वहालीको अवसरमा बागमती सभ्यता बचाऊ अभियानका अभियन्ता स्वर्गीय डा. हुतराम वैध , सहिद अनिल लामा र सहिद किसन लामाको सम्मानमा लोकतान्त्रिक सहिद उद्यान गागलफेदीमा वृक्षरोपण गरी सहिदको स्मरण गर्नुभएको छ । सो अवसरमा बोल्दै सविंधानसभाका सदस्य माननीय फुयालले सहिदहरुले देखाएको बाटोमा आफु निरन्तर समर्पति भएर लाग्ने बताउनु भयो । सहिदहरुको चाहाना विभेद रहित माजको निर्माण गर्ने रहेकोले । गाउा र शहर बिचको विभेद, पुरुष र महिला बिचको विभेद तथा धनी गरिब बिचको विभेदको अन्त्यका लागि सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता सागै  राष्ट्र र राष्ट्रियताको पक्षमा र क्षेत्र नं.३ का जनताका जनजीविका तथा विकास निर्माणका पक्षमा अविछिन्न डटिरहने अभिव्यतिm व्यक्त गर्नुभयो ।
आफुलाई विजयी गराउन भूमिका खेल्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आफु साधै सरल जीवन विताउने तथा जनताका हरेक सुख दुखमा साथ रहने प्रतिबद्धता दोहोर्यानु भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले काठमाडौ ३ का अध्यक्ष उद्धब खड्काले विगतमा जनता माझ गरिएका बाचाहरु पुरा गर्नका लागि माननीय सभासद्को सशक्त भूमिका लागि सम्पूर्ण नेता तथा कार्यकर्ता र जनसमुदायको सक्रियता हुनुपर्ने कुरामा जोड दिनुभयो ।
 कार्यक्रममा नेकपा एमाले सल्लाहकार सदस्य नारद वाग्ले, काठमाडौं जिलला कमिटी सदस्य विश्वराज श्रेष्ठ लगायत नेता कार्यकर्ता, समाजवेवी तथा जनसमुदायहरुको उपसिथति रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment