काठमाडौ, माघ ११ - नेपाल प्रहरीको विशेष व्यूरोले ३५ लाख भारुसहित युनुस अन्सारीलाई ललितपुरको नख्खुबोटस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ ।
उनीसहित अन्य दुई व्यक्तीसमेत पक्राउ परेका छन् ।
अन्सारी यसअघि नक्कली भारुको कारोबार आरोपमा जेल परेर छुटेका हुन् ।
नक्कली भारु कारोबारको आरोपमा थुनिएका युनुसमाथि सुन्धारास्थित केन्द्रीय कारागारको गेटमै २०६७ साल फागुन २६ गते गोली प्रहार भएको थियो । उनलाई ज्यान मार्ने उद्देश्यसहित विजय भनिने भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरेका थिए ।
गोली प्रहार भएपछि छानबिनका लागि ठठित तत्कालिन एआईजी रवीन्द्रप्रताप शाह संयोजकत्वको टोलीले पुर्पक्ष अनुसन्धानका लागि राखिएका अन्सारीमाथिको गोली प्रहारमा बाह्य शक्तीको हात रहेको प्रतिवेदन बुझाएको थियो ।
प्रहरी प्रवक्ता गणेश केसीले पक्राउ परेका अन्सारीबारे अनुसन्धान भइरहेको भएकाले केही घण्टापछि पूरा विवरण सार्वजनिक गर्ने बताए ।

Nepalese Rupee Exchange Rate