संघीय लोकतान्त्रिक संविधानकालागि काँग्रेसलाई जिताऔं

वीरगंज/नेपाली काग्रेस पर्साका पूर्व सभापती एव क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार राजेन्द्र बहादुर आमात्याले संघीय लोकतान्त्रिक सविधान निर्माणको लागि नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्नु भएको छ ।
                नेपाली काँग्रेस प्रचार प्रसार समिति पर्सा क्षेत्र नम्बर १ ले विजयादशमीको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उम्मेदवार अमात्यले यस्तो बताउनु भएको हो । उहाँले जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउनको लागि नेपाली काग्रेसको ऐतिहासिक योगदान रहेको बताउदै संघिय लोकतान्त्रिक सविधान निर्माण गर्न आफनो पार्टीको मुख्य लक्ष्य रहेको हुनाले चुनावमा ने
पाली काग्रेसलाई अत्याधिक मतले विजयी बनाउन अनुरोध समेत गर्नुभयो ।
                लोकतन्त्रममा नै स्वतन्त्र पत्रकारीता हुने भएकोले लोकतन्त्रको पक्षमा सधै अगाडी रहेको नेपाली काग्रेस सविधान सभामा बहुमतले विजय भएपछि मात्र संघीय लोकतान्त्रिक सविधान निर्माण हुने उहाको भनाई थियो । अमात्यले मुलुकको लोकतन्त्रलाई जनवादी सविधानले स्थायीत्व दिन नसक्ने भएकोले संघिय लोकतान्त्रिक सविधान आवश्यक भएको बताउदै यो सविधान नेपाली काग्रेसले मात्र दिन सक्ने भएकोले अबको चुनावमा नेपाली जनताले नेपाली काग्रेसलाई चुनाव मार्फत पहिलो पार्टी बनाउन आग्रह गर्नुभयो । मुलुकको हरेक संकटको परिस्थीतिमा नेपाली काग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको
बताउदै नेता आमात्यले अबको सविधान निर्माणमा पनि नेपाली काग्रेसको बढी भुमिका हुने बताउनु भयो । नेपाली काँग्रेसको मुख्य उद्देश्य सविधान बनाउने भएकोले पार्टी भित्र कुनै अन्तरघात हुन नसक्ने दावी समेत गर्नुभयो । पूर्व सभापती आमात्यले सविधान निर्माण गर्नमा आफू सक्षम रहेको र सम्बन्धीत विषयमा आफू विज्ञ रहेको हुनाले आफूलाई विजय गराई लोकतान्त्रिक सविधान निर्माण गराउनमा सहयोग गरिदिन संचारकर्मीहरु संग आग्रह समेत गर्नुभयो ।
लोकतान्त्रिक शासन पद्धतीलाई संस्थागत गराउन संचारकर्मीहरुको भुमिका अपरिहार्य रहेको बताउदै उहाले चौथो अंगको रुपमा रहेका संचारकर्मीहरुलाई अगाडी बढाउनु पर्नेमा जोड समेत दिनुभयो । मुलुक गम्भिर परिस्थतीबाट गुज्रिरहेको हुनाले लोकतान्त्रिक सविधानको लागि यो चुनाव महत्वपूर्ण रहेको बताउनु भयो । प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम भटराईको सभापतीत्वमा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काग्रेस पर्साका सचिव अशोक जैसवाल, क्षेत्रिय अध्यक्ष विजय सर्राफ, नगर अध्यक्ष महमद साहबुदिन, प्रेस युनियनका सस्थापक सदस्य कन्हैया केसरी, प्रेस काउन्सीलका पूर्व सदस्य दिपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष केसी लामिछाने, पूर्व सभापती अशोक तिवारी लगायतका संचारकर्मीहरुको उलेखनीय उपस्थित रहेको थियो । कार्यक्रमका संचालन किशोर सिंहले गर्नुभएको थियो ।
                 –अनिल तिवारी
प्रकाशित मिति २०७० असोज २४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment