सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वीरगंज/वीरगंजको नगवा स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा वडा प्रहरी कार्यालय विर्ता तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा कुम्हालटोलको संयुक्त आयोजनामा   “सुरक्षा सचेतना तथा नागरिक — प्रहरी अन्र्तक्रिया ” विषयक कार्यक्रम प्रहरी उपरीक्षक पिताम्बर अधिाकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रमको पानसमा दियो जलाइ प्रमुख अतिथी एस.पी अधिकारीबाट उद्घाटन हुनुका साथै उक्त कार्यक्रममा नागरिकहरुले राखेका जिज्ञासालाई सम्बोधन एवं कार्यक्रमको उपयोगिताका बारेमा समेत श्रीमान प्रहरी उपरीक्षकबाट मन्तव्य व्यक्त भएको थियो, कार्यक्रमको क्रममा प्रस्तुत गरिएका

प्रस्तुतिकरण जन उपयोगी भएको, यो कार्यक्रमलाई यस जिल्लाको अन्य टोल, गाँउमा समेत संचालन गरिने भनाइ राख्दै यो कार्यक्रमबाट नागरिक सचेत भई अपराध रोकथाममा उल्लेखनीय भूमिका खेल्ने विश्वास समेत प्रमुख अतिथीले व्यक्त गर्नु भएको थियो,
अन्दाजी ३०० जना सहभागी रहेको उक्त कार्यक्रममा ट्राफिक सम्बन्धी विषयवस्तु प्रस्तुति जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.नि. अर्जुन रानाभाटले गर्नु भएको थियो भने कार्यक्रमको औचित्यता साथै समग्र सुरक्षा अवधारणा तथा विभिन्न सामाजिक र जघन्य अपराधको बारेमा प्रस्तुति वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेलले गर्नु भएको थियो । सामुदायिक सेवा केन्द्र, कुम्हालटोलका अध्यक्ष प्रदिप चौरासियको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सभापति के.सी.लामिछानेले मन्तव्य व्यक्त गर्नु भएको थियो, सो कार्यक्रममा राष्ट्रिय मा.वि.नगवाका प्रधानाध्यपक, १९ नं.वडाका सचिव, स्थानीय वुद्धिजीवी, पत्रकार, स्थानीय नागरिक, शिक्षक, महिला, बालबालिका, सामुदायिक प्रहरी समेतको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रम विहान ०८ः०० बजे शुरु भई ११ः०० बजे सम्पन्न भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment