नेवाः देय् दबुःमा पुनः श्रेष्ठ


अशोक सुजन श्रेष्ठ

मकवानपुर
नेवाः देय् दबुः जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पुनः देवप्रसाद श्रेष्ठ चयन हुनु भएको छ । आज भएको नेवारहरुको संस्थाको प्रतिनिधि भेलाले दुई सदस्यपछि मनोनित गर्नेगरि १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अनिल खड्गी, सचिबमा महेश्वर श्रेष्ठ, कोषाध्यक्षमा कृष्णशरण जोशी, सहसचिबमा नरेशलाल श्रेष्ठ र सदस्यहरुमा नियमराज शाक्य, मंगलकृष्ण मानन्धर, अनिलभक्त श्रेष्ठ, ओमप्रकाश बावु मल्ल, अर्जुन नकर्मी, सुनकुमार मानन्धर रहेका छन् । त्यस्तै, सल्लाहकारहरुमा नन्दरत्न स्थापित, बिन्दुगोपाल गोर्खाली, योगेश्वर श्रेष्ठ, प्रकाशबावु मल्ल, सिद्धीलाल श्रेष्ठ चयन भएका छन् । कार्यक्रम नेवाः देय् दबुः जिल्ला समन्वय समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो । मकवानपुरमा नेपाल भाषा खलः, नेवाः साँस्कृतिक पुचः, न्हुँ नेवाः खलः, मानन्धर खलः, नेपाल खड्गी सेवा समिति, देउला समाज, नेवाः पुचः चौकिटोल लगाएत नेवार समूदायका संस्था क्रियाशील रहेका छन् ।


SHARE THIS

Author:

Facebook Comment