खुला दिशामुक्तबारे आदिवासीले दबाव दिने

अशोक सुजन श्रेष्ठ/

मकवानपुर/मकवानपुर जिल्लालाई खुला दिशामुक्त नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरको आज हेटौँडामा भएको बिस्तृत बैठकले यस्तो निर्णय गरेको हो । महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकले जिल्ला बिकास समितिमा डेलिगेशन जानका लागि ज्ञापन पत्र तयारी समिति समेत गठन गरेको छ । समितिमा आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष मगर, निर्बतमान अध्यक्ष बुद्ध लामा, उपाध्यक्ष जानकी चौधरी, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष मेम्बर लो, नेपाल भाषा खलःका जिल्ला उपाध्यक्ष नन्दरत्न स्थापित रहेका
छन् । त्यस्तै, अगष्ट ९ अर्थात् साउन २५ गते मनाईने बिश्व आदिवासी दिबस सप्ताहव्यापी कार्यक्रमगरि मनाईने भएको छ । दिबसका अबसरमा तामाङ घेदुङले रक्तदान, मगर संघले संघीयता सम्बन्धि बहस, माझी संघले जलवायु परिवर्तन सम्बन्धि गोष्ठी, चेपाङ संघले समाबेशी सम्बन्धि कार्यक्रम लगाएत गरिने भएको हो । कार्यक्रममै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरकोे भावी योजना तथा कार्यक्रमपनि पारित भएको जिल्ला सहसचिब जंगबहादुर गुरुङ्गले जानकारी दिनुभयो । कार्यक्रममै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदको माग र आन्दोलनका बारेपनि छलफल भएको थियो ।
घोषणालाई प्रभाबकारी बनाउँन आदिवासी जनजातिले दबाव दिने भएका छन् । उनीहरुले खुला दिशामुक्त अभियानका भईरहेका आर्थिक तथा बिबिध पक्षका बारेमा सर्वसाधारणले थाहा पाउनुपर्नेपनि माग गर्ने भएका छन् ।

SHARE THIS

Author:

Facebook Comment