गरिबी निवारण कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलाप सम्पन्न

सलमान खान
वीरगंज २१/आसार
पर्सा जिल्लामा गरिबी निवारण कार्यक्रम अन्र्तगत अलौं गा.वि.स.मा गठित कमल, सूर्यमुखी र महालक्ष्मी सामुदायिक संस्थाहरुको सर्वजनिक लेखा परिक्षण पूर्व गा.वि.स. अध्यक्ष मित्रदेव यादवको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा ओम लालमिछाने र उसमान अंसारीले मन्तव्य राखेका थिए । त्यस्तै वीरगंज १९ मा गठित संसारि माई सामुदायिक संस्थाको वडा स्तरीय अनुगमन कार्यक्रम सफल पारी सूर्य महिला संजालको बैठकमा संजालको संस्थागत विकासका लागि समग्रीहरु सहयोगी संस्थाका संयोजक जयनारायण चौधरीले वितरण गरेका थिए । भने सुपरभाईजर निर्मला भण्डारी समाजिक परिचालक राजेश गुप्ता, अन्जना पराजुली, महाविर ठाकुर र राम एकबाल यादव सहभागि भई  कार्यक्रम संचालन गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment