बस्ने घर, बस्नकालागि घर

गाँस, बास, कपास आहार, मैथुन, निद्रा, मनोरञ्जन मानवजीवनका आधारभूत आवश्यकताहरू हुन् । विश्वमा जेजति जीवजन्तुहरू छन् । सबैलाई बासको खाँचो पर्दछ । आदीम मानिस र आधुनिक मानिस दुबैलाई बसोबासकालागि घर चाहिएको थियो । झुपडीबाट शुरु भएको बास हिजोआज अत्याधुनिक, आकर्षक, सुविधासम्पन्न, अग्ला र विशाल महलमा परिणत भएको छ । शुरुका दिनहरूमा मानिसहरू गुफामा बस्थे । हिजोआज पनि गुफामा मानिसहरू बस्दै आएको पाइन्छ । घर बासविहीन मानिसहरूको संख्या पनि थपिंदै गएको छ । शहरको फुटपाथमा जीवन बिताउने मानिसको परिवार उल्लेख्य छ । गरीबको पनि घर, धनिको पनि घर पहिले पहिले
स्थानी सामग्री प्रयोग गरी घर बनाइन्थ्यो । हिजोआज घर निर्माणकालागि विदेशबाट सामग्री आयात गरिन्छ । नेपालमा वास्तुकला पूर्ण घरहरू निर्माण भइरहेका छन्  । हिजोआज सबैको मुखबाट घर बनाउने नै कुरा सुनिन्छ । घर घडेरी खरिद गरेको पाइन्छ । मानिसको अन्तिम ईच्छा नै राम्रो घरमा बस्ने रहेको छ । घर घडेरी नभएकोमा चिन्ता लिनेको संख्या ठूलो छ । खेतीयोग्य भूमिहरू घर घडेरीले ढाकिएको छ । घरलाई प्राथमिकतामा राखेर अधिकांश मानिसहरू धन कमाउन भौंतारिईरहेका छन् । भुगोलपिच्छे घरको बनोट पनि फरक–फरक पाइन्छ । हिजोआज आवासीय भवन बनाउने होडबाजी नै चलेको छ । अधिकांश मानिस रियल स्टेट, जग्गा  (खरिद बिक्री) कारोबारमा लागेका छन्  । हिजो राजाको दरबार र सर्वसाधारण जनताको घर हुन्थ्यो । आज व्यवसायिक, आकर्षक भवन धनाढ्य व्यक्तिका अत्याधुनिक घर निर्माणमा मानिसहरूले ठूलो धनराशी खर्च गरिरहेका छन् । बस्ने घर बस्नाकालागि घरको खुबै महत्व छ । आÇना घर नहुनेहरूले भाडाको घरमा पारिवारिक जीवन बिताईरहेका छन् । डेरावालाहरूको संख्या पनि बढ्दो छ । जनसंख्या वृद्धि भइरहेको छ । भारतीयहरूले नेपालमा घर बनाउन थालेका छन् । भारतीयहरूलाई नेपाली नागरिकता हासिल गर्न निकै सजिलो हुँदै गएको छ । नेपाली रैथानेहरूको घरभन्दा भारतीय आप्रवासीहरूले नेपालमा बनाएका घर निकै आकर्षक र महंगा छन् । नेपाल भूकम्पीय जोखिममा छ । नेपालका आजसम्म बनेका लगभग सबै घरहरू ती ठूला भव्य हुन् वा साना सबै घरहरू भू–कम्प प्रतिरोधात्मक छैनन् । नेपालमा भू–कम्प गयो भने ठूलो संख्यामा घरहरू भत्किएर धनजनको अपार क्षति हुनेछ । डा. जीवराज पोखरेलले नेपालको भवनका सम्बन्धमा भनेका छन्, विविधता हुँदा हुँदै पनि वर्तमान अवस्थामा विशिष्ट पहिचानलाई आधुनिक भवनमा प्रतिबिम्बित गर्न सकिएको छैन । अहिलेका भवनहरू विशेष गरेर अपार्टमेन्ट भवनमा यो कुरालाई बिल्कुलै नजर अन्दाज गरिएको छ । यो एकदमै दुर्भाग्यपूर्ण हो । माटोको गाह्रो भएका घरहरू नेपालमा थुप्रै पाइन्छ । ती पनि टिकाउ छन् । गुणस्तरहीन निर्माण सामग्रीहरू प्रयोग भएका घरहरू बनाउँदा बनाउँदै भत्किएको पनि पाइन्छ । विज्ञान प्रविधिको विकाससँगै घरहरूको मोडेलमा पनि ठूलो परिवर्तन आएको छ । रियल स्टेट कारोबार आवश्यकताको सिद्धान्तमा भएको छ । उच्च व्यक्तिलाई भन्दा निम्न व्यक्तिहरूलाई मध्यनजर राखेर कम मूल्यका घरहरू पनि व्यवसायिक कम्पनीहरूले बनाईरहेका छन् । आÇनो छुट्टै घरमा भन्दा आवासीय क्षेत्रको घरमा बस्न मानिसहरूको रुचि बढ्न थालेको छ ।

SHARE THIS

Author:

Facebook Comment