वीरगंज, १९ आषाढ/
महाकाली नदीमा आएको भीषण बाढीबाट विस्थापित हुन पुगेका दार्चुलाका पीडित घरपरिवारको राहतको लागि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक कुमार वैधले आज पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री मार्फत् एक लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।
गत आषाढ २ देखि ४ गतेसम्मको अविरल वर्षाका कारण महाकाली नदीमा आएको विनाशकारी बाढीले जिल्लाका सदरमुकाम बजार लगायत जिल्लाका कैयौ गा.वि.स. बाढीले बगाएका कारण हजारौ मानिसहरु घरवार विहिन हुनका साथै अरबौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको थियो ।
यस अघि पनि संघले पर्साका धोरे गा.वि.स.मा भएको भीषण आगलागीबाट प्रभावित भएकाहरुलाई राहत प्रदान गरेको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा वीउवासंघका वरिष्ठ उपाध्यक्ष प्रदिप कुमार केडिया, उपाध्यक्ष सुबोध कुमार गुप्ता, सह–सचिव मनोज शर्माको उपस्थिति रहेको थियो ।
महाकाली नदीमा आएको भीषण बाढीबाट विस्थापित हुन पुगेका दार्चुलाका पीडित घरपरिवारको राहतको लागि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक कुमार वैधले आज पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री मार्फत् एक लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।गत आषाढ २ देखि ४ गतेसम्मको अविरल वर्षाका कारण महाकाली नदीमा आएको विनाशकारी बाढीले जिल्लाका सदरमुकाम बजार लगायत जिल्लाका कैयौ गा.वि.स. बाढीले बगाएका कारण हजारौ मानिसहरु घरवार विहिन हुनका साथै अरबौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको थियो ।
यस अघि पनि संघले पर्साका धोरे गा.वि.स.मा भएको भीषण आगलागीबाट प्रभावित भएकाहरुलाई राहत प्रदान गरेको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा वीउवासंघका वरिष्ठ उपाध्यक्ष प्रदिप कुमार केडिया, उपाध्यक्ष सुबोध कुमार गुप्ता, सह–सचिव मनोज शर्माको उपस्थिति रहेको थियो ।
Nepalese Rupee Exchange Rate