काठमाडौं, असार १९ – औद्योगिक प्रवद्र्धन बोर्डको २०५ औं बैठकले ४४ मेगावाटको सुपर मादी हाइड्रोपावर आयोजनालाई विदेशी लगानीका लागि स्वीकृति दिएको छ ।
यस्तै बैठकले मदिराजन्य उद्योगको मापदण्ड तयार गर्न बनेको कार्यदलले समयमै प्रतिवेदन बुझाउन नसकेकाले दुई सदस्य थप्ने अधिकारसहित कार्यदलको म्याद बढाउने निर्णय गरेको छ ।
अर्थ मन्त्री शंकर कोइरालाको अध्यक्षतामा बसेको बैठकले चितवनमा सञ्चालित बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले उद्योग उत्पादन क्षमता अभिवृद्धिका लागि पुँजी वृद्धि गर्न गरेको मागलाई अनुमोदन गरेको छ ।
निकासी गर्ने उद्योगले उत्पादनमा प्रयोग गरिएका प्याकिङ र त्यसका कच्चा पदार्थमा तिरेको अन्तशुल्क फिर्ता पाउने भनी अदालतबाट परमादेश भएको सम्बन्धमा मौजुदा ऐन नियममा परिवर्तन गर्न अर्थ मन्त्रालयमा लेखेर पठाउने निर्णय गरेको बैठकले गरेको छ ।

Nepalese Rupee Exchange Rate