अब चुनाव निश्चित:गौतम

चितवन, असार १९ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अवको निर्वाचन कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।
चितवनको विरेन्द्रनगरमा भएको कार्यक्रममा गौतमले अहिलेको अवस्थामा चुनाव अपरिहार्य रहेको भन्दै नेकपा– माओवादीलगायतका दलहरु निर्वाचनमा आउनुको विकल्प नभएको बताउनुभयो ।
निर्वाचन विरोधी दलहरुलाई अन्तिम समयसम्म आग्रह गर्ने र सहमतीमा नआए राज्य शक्तिको प्रयोग गरेर भएपनि निर्वाचन गराईने गौतमको भनाइ छ ।
उहाँले यस्ता दलहरु विस्तारै हराउँदै जाने बताउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment