रौतहट, १९ असार । रौतहटको चोचा रेन्जपोष्ट अन्तर्गतको राष्ट्रिय जंगलबाट चोरी निकासी गरिरहेको अवस्थामा गस्ती टोलीले १४ थान काँचो सालको गोलिया बरामद गरेको छ ।
जिल्ला वन कार्यालय रौतहटका प्रमुख बाबुराम भण्डारी र शसस्त्र प्रहरी वेशक्याम्प सन्तपुरका डीएसपी प्रमोद भारतीको नेतृत्वमा गएको गस्ती टोलीले कनकपुर गाविसबाट १४ थान सालको गोलिया बरामद गरेको हो । गस्ती टोलीलाई देखेर तस्करहरु टायरगाडा लिएर भाग्न सफल भएका थिए । विगतका दिनहरुमा समेत तस्करहरुले सो क्षेत्रबाट व्यापक रुपमा काँचो सालको गोलिया तस्करी गरी लैजाँदा समेत वनका कर्मचारीहरुले खासै चासो दिने गरेका थिएनन् । पक्राउ गरेको काठ चोचा रेन्जपोष्टमा राखिएको वन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

Nepalese Rupee Exchange Rate