रौतहटमा हातीको आतंक, एक घार्इते

रौतहट, १९ असार । केही दिन देखि रौतहट जिल्लाको विभिन्न गाउँमा जंगली हात्तीले बालिनाली नष्ट गर्नुका साथै घर भत्काउन थालेपछि गाउँलेहरु त्रसित बन्न थालेका छन् । सोमबार राती जंगली हात्तीको आक्रमणमा परी चन्द्रनिगाहपुर-१ टेकान टोलका सन्ते घर्ती घाईते भएका छन् । 
उनलाई घरमा सुती रहेको अवस्थामा हात्तीले उचालेर फालेको समाचार प्राप्त् भएको छ । उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी

दिएको छ  । रातीको समयमा गाउँमा हात्ती प्रबेश गर्ने डरले रातभर जाग्राम बस्ने गरेको चन्द्रनिगाहपुर-१ का स्थानीय बासिन्दा प्रताप लामाले जानकारी दिनु भयो । आईतबार राती जंगली हात्तीले डुमरिया मटिऔन गाबिसको एउटा घरमा आक्रमण गरी हजारौं रुपैया बराबरको अन्नपात नष्ट गरेको थियो  । हात्तीले डुमरिया-९ का गान्धी महतोको घरमा आक्रमण गरी २५ मन धान, १५मन गँहु, तिनबोरा चामल गरी ६० हजार बराबरको नन्न  नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गाँउलेहरु एकजुट भई हो�हल्ला गरेपछी हात्ती भागेको स्थानीय बासिन्दा बच्चु साह कानुले जानकारी दिनु भयो । यता, रौतहट जिल्लाको जुडिबेला गाउँ विकास समितिमा पनि जंगली हात्तीले दुःख दिएको समाचार प्राप्त भएको छ । हात्तीले गत बुधबार राति असन्वामा रहेको निम्न माध्यमिक विद्यालयको पर्खाल भत्काएको थियो भने स्थानीय उत्तम खड्काको मकै खाएको र अर्का एक स्थानीय वासिन्दाको सुर्ती खेतीमा समेत क्षति पुर्याएको थियो । स्थानीय वासिन्दाको घरमा भाँचेर राखेको मकै समेत हात्तीले खाएको र स्थानीय वासिन्दा हात्ती आतंकबाट त्रसित रहेको स्थानीय वासिन्दा पवन घिमिरेले बताउनु भयो । केही दिन पहिले लक्ष्मीनियाँ गाउँ विकास समितिमा हात्तीले आतंक मच्चाएको थियो । रौतहट जिल्लाको उत्तरी भेगका बिभिन्न गाबिसमा हात्तीको आक्रमण बढेको छ । वन कर्मचारीले हात्तीको छावा पक्राउ गरेर निकुन्जमा बुझाएपछि हात्ती आक्रोशित बनेर गाउँमा बितण्डा मच्चाउन थालेको स्थानीय बासिन्दाको भनाई रहेको छ । केहि दिन पहिला सर्लाहीको लालबन्दी वडा नम्बर-७ मा जंगली हात्तीको आक्रमण वाट १ महिलाको मृत्यु भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment