पोखरा, असार १९ । नेकपा–माओवादीले आगामी मंसीर चार गते कुनै पनि हालतमा निर्वाचन नहुने निष्कर्ष निकालेको छ । आफ्नो पार्टीको सक्रिय बहिस्कार र निर्वाचनको पक्षमा रहेका
भनिएका दलहरु नै हुन नदिने खेलमा लागेको भन्दै माओवादीले मंसीर चारमा निर्वाचन नहुने ठहर गरेको हो ।
चार दिनसम्म पोखरामा चलेको केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय जानकारी गराउन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेकपा– माओवादी अध्यक्ष मोहन बैद्यले आफ्नो पार्टीले निर्वाचनको सक्रिय बहिस्कार गर्ने स्पष्ट पारे ।
चैत्र १ गते चार दलले गरेको ११ बुँदे सहमति, अन्तरिम संविधानको २५ बुँदे संशोधन र त्यसका आधारमा बनेको वर्तमान मन्त्रिपरिषद् खारेजी लगायतका माग गर्दै आएको नेकपा माओवादीको पूर्ण बैठकले पार्टीको सम्पूर्ण शक्ति लगाएर निर्वाचन विथोल्ने निर्णय गरेको हो ।
वैद्यले जनयुद्धको वास्तविक शक्ति आफ्नो पार्टी भएको भन्दै काँग्रेस र एमालेले नवसंसोधनवादी एकीकृत माओवादीलाई च्यापेर आपूmहरुलाई पाखा लगाएको दुखेसो पोखे । एकीकृत माओवादीसंगको पार्टी एकताको प्रसंगमा उहाँले एमाओवादीसंग आपूmहरुको भावना नै फरक परिसकेको भन्दै तत्काल एकता असम्भव छैन भने । गत शनिबार पोखरामा शुरु भएको माओवादी वैठक हिजो सम्पन्न भएको थियो ।