जनकपुर, असार १९ । नेपालको एक मात्र रेलवे जनकपुर–जयनगर रेलसेवा बन्द हुंदा त्यस भेगका सर्वसाधारण मारमा परेका छन् । रेल सेवा बन्द हुँदा धनुषाको धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा समेत असर परेको छ । विक्रम संवत् १९९४ मंसीर १६ गतेदेखि संचालन हुँदै आएको रेल सेवा इञ्जिन विग्रिएपछि एक सातादेखि बन्द भएको हो ।कुल ५१ किलोमिटरको रेल सेवा विगत १० बर्षदेखि भारतीय सीमावर्ती जयनगरदेखि जनकपुरसम्म २९ किलो मिटरमा मात्रै सञ्चालन हुँदै आएको छ । रेल सेवा संचालन हुने क्षेत्रमा यातायातका अन्य साधन नचल्ने हुँदा सर्वसाधारण चर्को मारमा परेका । यही असार १३ गते जयनगरबाट जनकपुरतर्फ आइरहेको रेल दुर्घटनामा भएपछि रेलका दुईवटै इञ्जिन बिग्रिएको बताइएको छ ।
Nepalese Rupee Exchange Rate