काठमाडौ, असार १९ – पूर्व अर्थमन्त्रीहरुले वर्तमान चुनावी सरकारले बजेटमा नयाँ कार्यक्रम ल्याउने र करको दायरा बढाउन नहुने बताएका छन् ।
उनीहरुले पुरानै कार्यक्रमलाई निरन्तरता दिएर बजेट ल्याउन सरकारलाई दवाव दिएका छन् ।
रिपोटर्स क्लवमा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले मुलुकको अर्थतन्त्र
कमजोर अवस्थामा रहेकोले बजेट माथि खेलवाड नगर्न आग्रह गर्दै पूर्ण बजेट नै ल्याउनु पर्ने बताउनुभयो । उहाँले कृषि, सिँचाई जस्ता क्षेत्रमा बजेट बढाउन आग्रह गर्नुभयो ।
यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले तीन खम्बे आर्थिक नीति अनुसार नै नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले निजी क्षेत्रलाई समेट्ने बजेट ल्याउन आग्रह गर्नुभयो ।
यस्तै अर्का पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पूर्ण बजेट आउनुपर्ने भन्दै नयाँ कार्यक्रम ल्याउने भन्दा पनि बजेट कार्यान्वयनको संयन्त्रमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सल्लाहकार चिरिञ्जिवि नेपालले ५ खर्व ६ अर्बको बजेट समयमै आउने जानकारी दिँदै कर्मचारीको तलब बढाउने विषय अझै निश्चित भइनसकेको बताउनुभयो ।
Nepalese Rupee Exchange Rate