दाइजो नल्याएकी महिलालार्इ घर निकाला

राजविराज, असार १९ - मागेजति दाइजो नल्याएको भन्दै सप्तरीको राजविराजमा एक युवतीलाई सासु, ससुरा र पति मिलेर घर निकाला गरेका छन् ।
उनीहरुले पीडित युवतीलाई पटक पटक यातना दिइ घर निकाला गरेका हुन् । राजविराज २ कि २६ वर्षकी राखी झालाई दाइजो नल्याएको भन्दै पटक पटक यातना दिइ घरबाट लिकाइए
को हो ।
राजविराजमा पत्रकार सम्मेलन गरेर उहाँले आफू माथि भएको अन्याय सार्वजनिक गर्नुभएको हो ।
उहाँले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । सप्तरीको वीरपुर माइती भएकी राखीको डेढ वर्षअघि राजविराजका प्रविण झासँग विवाह भएको थियो ।
विवाहमा भनेजति दाइजो नल्याएको भन्दै उहाँलाई परिवारले पटक पटक यातना दिँदै आएका थिए ।
पति प्रविण वैदेशिक रोजगारीको सिलशिलामा विदेशमा भएपनि घरमा रहेका अन्य सदस्यले दुःख दिने गरेको बताउनुभयो ।
पतिले पनि नेपालमा हुँदा मादक पदार्थ सेवान गरि कुटपिट गर्ने गरेको उहाँले बताउनुभयो ।

SHARE THIS

Author:

Facebook Comment